Logo

बजारमा औद्योगिक कच्चा पदार्थको संकट, ४० प्रतिशत मूल्य बढ्दा पनि सामान नपाएपछि बन्द हुने अवस्थामा नेपाली उद्योग

बजारमा औद्योगिक कच्चा पदार्थको संकट, ४० प्रतिशत मूल्य बढ्दा पनि सामान नपाएपछि बन्द हुने अवस्थामा नेपाली उद्योग



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइसरका कारण सप्लाई चेन (आपूर्ति ऋखला) टुट्न पुग्दा त्यसको मार नेपाली उद्योगहरुमा परेको छ । आयातित कच्चा पदार्थमा संचालन हुँदै आएका नेपाली उद्योगहरुका लागि आवश्यक कच्चा पदार्थ आयातमा समस्या भएसँगै उद्योगहरु समस्यामा परेका हुन् । कोरोनाका कारण उद्योगका लागि आवश्यक कच्चा पदार्थक सप्लाई गर्दै आएका कतिपय ठूला उद्योगहरु नै बन्द हुन पुगेको र सोही अनुरुप शीमपेन्ट समेत बन्द हुन पूग्दा कच्चा पदार्थ आयातमा समस्या देखिएको हो ।

विगत ३ महिना अघि देखि नेपाली उद्योगहरुले आयातका लागि अर्डर गरेको कच्चा पदार्थ हालसम्म पनि नआईपुगेको नेपाल चेम्बर अफ कमर्सका उद्योग समितिका सभापति दिपक श्रेष्ठले जानकारी दिए । ‘नेपाली उद्योगी व्यवसायीले एलसी खोलेर उद्योगका लागि आवश्यक कच्चा पदार्थ मगाएको ३ महिनाभन्दा बढी भैसक्यो तर हालसम्म त्यसरी अर्डर गरेका मालसामान नेपाल आईपुगेका छैनन्,’ उनले भने, ‘कतिपय कम्पनीहरुले अर्डर लिएर पनि समयमै सामान डेलीभरी दिन सकेका छैनन् भने कतिपयले डेलिभरी दिने अवस्था भएपनि ट्रान्सपोर्टको समस्याले गर्दा ल्याउने सकिएको छैन ।’

पछिल्लो समय पानीको सतह घटेको भन्दै कलकता बन्दरगाहले शीपमेन्टका लागि अनुमति नदिँदा नेपाली उद्योगी व्यवसायीले आयात गरेको कच्चा पदार्ग तथा अन्य बस्तुहरु समयमै ल्याउन नसकिएको समेत श्रेष्ठले जानकरी दिए । जसका कारण विदेशस्थित कम्पनीले सामान डेलिभरी दिएपनि चीन तथा तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ नेपाली उद्योगी व्यवसायीले ल्याउने सकेका छैनन् । ‘एकातर्फ पछिल्लो समय विश्व बजारमा कच्चा पदार्थको मूल्य एकदमै अकासिएको छ भने अर्कोतर्फ त्यही महङ्गो मूल्यमा अर्डर गर्दा पनि समयै मालसामान पाउन सकिरहेका छैनौं,’ उनले भने, ‘कोरोना पछि नेपाली उद्योगी व्यवसायीले आयात गर्ने कच्चा पदार्थको मूल्य न्यूनतम ४० प्रतिशतदेखि ६० प्रतिशतसम्म मङ्गो भैसकेको छ ।’ साथै कोलकाता बन्दरगाहले पानीको सतह घटेको भन्दै नेपाली उद्योगी व्यवसायीले आयात गरेका सामानय ढुवानीका लागि अनुमति नदिएको उनको भनाई थियो ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समितिका सभापति भरत आचार्य पनि कोरोनाका कारण विश्व बजारमै आपूर्ति ऋखलामा समस्या आएका कारण उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयातमा समस्या उत्पन्न भएको बताउँछन् । ‘पछिल्लो समय कोरोनाका कारण कतिपय शीपमेन्ट कम्पनीहरु बन्द हुन पुगेको छन् भने संचालनमा रहेका कम्पनीहरुले पनि ‘क्रुज’ (कामदार) को अभाव भएका कारण ढुवानीमा समस्या हुँदै आएको छ,’ आचार्यले भने, ‘विश्वबजारमा कच्चा पदार्थको मूल्य बढ्दा नेपाली उद्योगी व्यवसायीहरु समस्यामा पर्दै आएका थिए भने शीपमेन्ट समस्या कारण समयमै ढुवानी नपाउदा अर्को समस्या थपिएको छ ।’

धेरैजसो कच्चा पदार्थको स्रोत पेट्रोलियम पदार्थ भएको पछिल्लो समय विश्वबजारमा यसको मूल्य बृद्धि हुँदा धेरैजसो बस्तुको मूल्य बढ्न पुगेको समेत उनले बताउँछन् । पेट्रोलियम पदार्थको मूल्य बढ्दा प्लाष्टिक उद्योगका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा अझै बढी असर परेको समेत उनले जानकारी दिए ।

कोरोनाका कारण संकटउन्मुख अवस्थामा रहेको उद्योग व्यवसायलाई पछिल्लो समय अमेरिकामा आएको आँधी र जापानमा आएको श्क्तिशाली भुकम्पले थप समस्या सिर्जना गरेको सम्बद्ध उद्योगी व्यवसायीहरु बताउँछन् । बढ्दो ढुवानी भाडा तथा सोही अनुरुप बढेकै मूल्यमापनि कच्चा पदार्थ भनेको समयमा नपाउँदा नेपाली उद्योगहरुको अवस्था संकटपूर्ण अवस्थामा रहेको छ । साथै कोरोनापछि नेपाली उद्योगी व्यवसायीहरुले आयात गर्ने कच्चा पदार्थको शीपमेन्ट शुल्कमात्रै ५० प्रतिशतसम्म वृद्धि भएको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

३ महिनापछि अधिकांश उद्योग बन्द हुने अवस्थामा

नेपाली उद्योगी व्यवसायीले कच्चा पदार्थ भनेको समयमा नपाउँदा उद्योग नै बन्द हुन अवस्थामा पुग्ने भएको छ । एकतर्फ विश्वबजारमा कच्चा पदार्थको मूल्य वृद्धि हुँदा उत्पादन लागत बढ्न पुगेको छ भने अर्कोतर्फ भनेको समयमा कच्चा पदार्थ नपाउँदा उद्योगहरु दोहोरो मारमा परेका छन् । पछिल्लो समय नेपाली उद्योगी व्यवसायीहरुले महङ्गो मूल्य तिरेर कच्चा पदार्थ आयात गर्न खोज्दा समेत विश्वबजारमा मालसामान नपाएको बताउँछन् । ‘अहिले स्टकमा रहेका कच्चा पदार्थबाट जेनतेन उद्योगहरु ५० प्रतिशत क्षमतामा भएपनि चलिरहेका छन्,’ श्रेष्ठले भने, ‘अहिले उद्योगका लागि आवश्यक कच्चा पदार्थ महङगो दरमै खरिद गर्न खोजेपनि उद्योगीहरुले पाएका छैनन् भने पाएको खण्डमा पनि शीपमेन्टको समस्याले गर्दा आयात गर्न सकिरहेका छैनन् ।’
यदि अहिलेकै अवस्था लामो समयसम्म जाने हो भने अबको ३ महिनापछि कच्चा पदार्थ अभावकै कारण धेरैजसो उद्योगहरु बन्द हुने अवस्थामा पुग्ने समेत सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL