Logo

निर्यात परिषद्को अध्यक्षमा श्रेष्ठ, उत्पादनलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउन जोड

निर्यात परिषद्को अध्यक्षमा श्रेष्ठ, उत्पादनलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउन जोड


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१५ साउन, काठमाडौं ।
नेपाल निर्यात परिषदको अध्यक्षमा सुरेन्द्र्रकुमार श्रेष्ठ चयन भएका छन् । परिषद्को शुक्रवार सम्पन्न १८ औं वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १५ सदसस्यीयि कार्यसमिति चयन गरेको हो ।

साधारणसभामा सहभागीहरुले निर्यात वृद्धिका लागि उत्पादनलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउनुपर्ने बताए । उनीहरुले सरकारले निर्यात प्रवद्र्धनको लागि विशेष रणनीति तयार पारेर कार्यन्वयनमा ल्याउन आवश्यक रहेको समेत औल्याए ।

उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले  सरकारलाई निर्यात गर्ने रणनीति बनाउन सुझाव दिए । उनले ठूलो आकारको व्यापार घाटा कम गर्न निर्यात प्रवद्र्धनलाई नै जोड दिनुपर्ने औल्याए । यसका लागि निर्यातका सन्दर्भमा देखिएका समस्याहरु समाधान गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बढ्दो व्यापार घाटाको खाडल पुर्न गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताए । नेपाल उद्योग परिसंघका उपाध्यक्ष सतिश कुमार मोरले अब स्वदेशी उत्पादलाई गुणस्तरिय र प्रतिस्पर्धी बनाउनुपर्ने बताए ।

उक्त अवसरमा परिषद्का निवर्तमान अध्यक्ष अर्जुन भट्टराईले इकोनले स्थापना कालदेखि हालसम्म नेपालका निर्यातजन्य बस्तुको बजारीकरण, गुणस्तरियता वृद्धि र उत्पादनमा जोड दिएको बताउए । उनले निर्यातलाई प्राथमिकता दिन राज्यले नितिलाई प्रष्ट पार्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL