Logo

ग्यास उद्योगमा कानुन आवश्यक : सभासद, मूल्यलाई स्वचालित गराउन माग

ग्यास उद्योगमा कानुन आवश्यक : सभासद, मूल्यलाई स्वचालित गराउन माग


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१५ साउन,काठमाडौं । संविधानसभा र व्यवस्थापिका–संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले ग्यास उद्योग सञ्चालन तथा व्यवस्थापन र ग्यास वितरणसम्बन्धी स्पष्ट ऐननियमको अभावका कारण उपभोक्तामा समस्या पर्ने गरेको निष्कर्ष निकालेको छ ।

समितिका सभापति भीष्मराज आङ्देम्बेले शुक्रबार ग्यास आपूर्ति एवम् व्यवस्थापन विषयमा भएको छलफलमा यस्तो बताएका हुन् । ग्यास उद्योग तथा वितरणलाई कानूनले सम्बोधन गर्न नसकेको बताएका हुन् । सभापति आङ्देम्बेले उपभोक्तासँग सम्बन्धित प्रस्ट ऐन तथा नियम नहुँदा आम उपभोक्ता समस्यामा परेको भन्दै सो विषयमा सरकारको ध्यानाकर्षण गराउने बताए । साथै उपसमितिले दिएका सुझाव तथा निष्कर्षका आधारमा सम्बन्धित निकायसँग छलफल गर्ने उल्लेख गरे ।

ग्यास आपूर्ति तथा व्यवस्थापनसम्बन्धी उपसमितिका संयोजक नारायणबहादुर कार्कीले ग्यासम्बन्धी कुनै पनि कानून नभएकोले त्यसको मार उपभोक्तामाथि पर्ने गरेको जिकीर गरे । ग्यासको आपूर्ति तथा व्यवस्थापनका लागि कानून आवश्यक भएको बताए । उपभोक्ता हितसम्बन्धित ऐन, नियमावली समय सापेक्ष बनाउनुका साथै बजार अनुगमनलाई विशेष ध्यान दिनुपर्छ उनले भने । साथै छुट्टै अनुगमनकारी निकाय गठन नहुन्जेलसम्म वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागलाई सबल बनाउनुपर्ने पनि बताए ।

बैठकमा सहभागी सभासद्ले ग्यास उद्योग तथा वितरण प्रणालीलाई व्यवस्थित गर्नुपर्ने, ग्यासको मूल्यलाई स्वचालित गराइनुपर्ने र आयल निगमको व्यवस्थापनको पुनःसंरचना गरिनुपर्नेलगायतका सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL