Logo

निजी क्षेत्रले माग्यो सहुलियत ऋण, पुर्ननिर्माणमा उद्योग र जनशक्ति परिचालन गर्न आग्रह

निजी क्षेत्रले माग्यो सहुलियत ऋण, पुर्ननिर्माणमा उद्योग र जनशक्ति परिचालन गर्न आग्रह


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२० जेठ,काठमाडौं ।  निजी क्षत्रले अर्थतन्त्रलाई मजबुत बनाउन भन्दै सरकारसँग सहुलियत ऋण माग गरेको छ ।  साथै सस्तो व्याजमा उद्योग व्यवसायीलाई ऋण प्रवाह नगरे निजी  क्षेत्रले कर, राजश्व तिर्न नसक्ने अबस्थामा रहेको उनीहरुले बताएका छन् ।

मिडिया इन्टरनेशनलले बुधवार आयोजना गरेको एक कार्यक्रममा  नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, राष्ट्रिय व्यापार संघ, खुद्रा व्यापार संघ, ट्रेकिङ एजेन्स एसोसीयसन अफ नेपाल (टान), फुटवेयर एसोसीयसन संघका प्रतिनिधिले यस्तो बताएका हुन् ।
साथै आर्थिक क्षेत्रमा भूकम्पले दिर्घकालीन असर पारेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति उमेशलाल श्रेष्ठले पुनिर्माणको कार्यमा नेपाली उद्योग, नेपाली सामान र नेपाली कामदारको परिचालन गर्नुपर्ने बताए । साथै नेपाली उद्योग र नेपाली जनशक्ति परिचालन गर्न माग गरे ।

 पुननिर्माणमा विदेशी संस्था र विदेशी व्यक्तिलाई ठेक्का दिन नहुने श्रेष्ठले बताए । ‘विदेशी कम्पनिलाई पुननिर्माणमा प्रयोग गरिए नेपाली उद्योग र नेपाली जनशक्ति परिचालन हुन सक्दैन’ उनले भने ‘यसमा राज्यले विशेष ध्यान दिनु जरुरी छ ।’
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्लले सस्तो व्याजमा ऋण दिने र हालको बैंक व्याजलाई केही पर धकेल्नका लागि सरकारले सहयोग गर्नुपर्ने मुख्य आवश्यकता रहेको बताए । साथै नीजि क्षेत्रमा रहेको पुँजी परिचालनका लागि सरकारले सहज किसिमका नीतिहरु अवलम्बन गर्नुपर्ने र व्याजको दर घटाउनु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा राष्ट्रिय व्यापार संघका अध्यक्ष नयनबहादुर पण्डित  क्षेत्रीले चिनसँगको व्यापार बन्द रहेको उल्लेख गरे । चीनका  सामान ल्याउने कार्यमा र सडक मर्मतको कार्यमा राज्यले ध्यान दिनुपर्ने आबश्यकता औल्याए ।
सो अवसरमा टानका महासचिव सागर पाण्डेले पर्यटन क्षेत्र सबैभन्दा महत्वपूण उद्योगका रुपमा स्थापित  भइसककोले यसको मजबुतिका लागि सरकार गम्भिर हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्