बिजखबर संबाददाता
१६ जेठ,काठमाडौं । हेटौंडा सिमेण्ट उद्योग लिमिटेड शुक्रवार देखि पून सञ्चालनमा आएको छ ।
बैशाख १२ गतेको भूकम्प र तयसपछिका पराकम्पनले क्षती पुगेकोले उद्योग बन्द थियो ।
पूर्ननिर्माण कार्यमा सहयोग पुर्याउने उद्देश्यले पून सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ । उद्योग आफ्नो पूर्व क्षमतामा नै सञ्चालनमा आएको हो ।
हेटौंडा सिमेण्टले ‘शक्ति’ नामको ओपिसि सिमेण्ट उत्पादन गर्दै आएको छ । साथै सबै अधिकृत बिक्रेता,संघ संस्था तथा आयोजनाहरुलाई सहजरुपमा सिमेण्ट उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।