Logo

केएफसी र पिज्जाहट बन्द प्रति महासंघको ध्यानाकर्षण, चाँडै सुचारु गर्न आग्रह

केएफसी र पिज्जाहट बन्द प्रति महासंघको ध्यानाकर्षण, चाँडै सुचारु गर्न आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

५ जेठ,काठमाडौं । केएफसी तथा पिज्जहट बन्द गरिएकोमा नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण भएको छ । वैशाख १२ गते गएको विनासकारी भुकम्प र तत्पश्चात आएका पराकम्पनका कारण मुलुक असहज पस्थितिबाट गुज्रिरहेको अवस्थामा श्रम विवादका कारण बन्द गर्नु उचित नभएको भन्दै सुचारु गर्न आव्हान गरेको छ ।

‘असहज र विषम परिस्थितिमा सवै उद्योग व्यवसाय निर्वाध संचालन गरि सेवा दिनुपर्छ’, महासंघको विज्ञप्तिमा भनिएको छ  ‘अत्यावश्यक सेवा लगायत जनजीवनमा प्रभाव पार्ने सवै सेवाहरु निर्वाध सुचारु गर्न आव्हान गर्छौ ।’

होटल रेष्टुराँ  जस्ता सेवामुलक व्यवसाय मुलुकमा आएको यो संकटको अवस्थामा सवैले आपसी समझदारीमा निरन्तर सेवा दिनुपर्ने बताइएको छ ।

विनासकारी भुकम्पका कारण मुलुकको पर्यटन व्यवसायमानै प्रतिकुल परिस्थिति सृजना भैरहेको अवस्थामा यस क्षेत्रलाई थप क्षति हुने गतिविधि कहीकतैबाट नहोस भन्ने कुरामा महासंघ अत्यन्त संवेदनशील छ ।
अन्तराष्ट्रियस्तरको सम्पूर्ण विदेशी लगानीमा संचालित केएफसी र पिज्जा हट रेष्टुराँहरु हठात बन्द गरिंदा विश्वभर नेपालका वारेमा थप नकारात्मक सन्देश जाने तर्फ सचेत हुन पनि आग्रह गरेको छ ।

महासंघले जतिसक्दो छिटो वार्ता र छलफलका माध्यमबाट टुंगोमा पु¥याई देवयानी इन्टरनेशनल नेपाल प्रा.लिद्वारा संचालित सवै रेष्टु“रेन्टहरु यथाशीघ्र संचालनमा ल्याउन व्यवस्थापन पक्ष र सम्बन्धित ट्रेड युनियनसँग आग्रह गरेको छ ।

त्यसका लागि आवश्यकताका आधारमा मध्यस्थताको भूमिका निर्वाह गर्न महासंघ तयार रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL