Logo

एफएनसीसीआईले भन्यो, श्रमिकको तलव र भत्ता बृद्धि गरिएको छैन न्युनतम पारिश्रमिक मात्र हो’

एफएनसीसीआईले भन्यो, श्रमिकको तलव र भत्ता बृद्धि गरिएको छैन न्युनतम पारिश्रमिक मात्र हो’



काठमाडौं । सरकारले यस अघि निर्धारण गरेको न्युनतम पारिश्रमिक तलव र भत्तामा लागू नहुने स्पष्ट पारेको छ ।

यसअघि सरकारसँगको रोहबरमा रोजगारदाता र ट्रेड युनियनबीच भएको सम्झौता न्युनतम पारिश्रमिकमा मात्र लागू हुने महासंघले जानकारी गराएको हो । ‘हामीले त्यतिबेला श्रमिकले पाउँदै आएको न्युनतम पारिश्रमिक मात्र निर्धारण गरेका हौं,’ महासंघले भन्यो, ‘तर, त्यसबाट समग्र तलव र भत्ता बढाइएको होइन ।’

नयाँ निर्धारित पारिश्रमिक दर चिया बगान बाहेकका श्रमिकहरुका लागि तलब ८ हजार ४ सय ५५ रुपैयाँ र महंगी भत्ता ४ हजार ९ सय ९५ गरी जम्मा १३ हजार ४ सय ५० रुपैयाँ तोकिएको छ ।

त्यस्तै चिया बगानमा काम गर्ने श्रमिकहरुको लागि भने ६ हजार ४ सय ६९ रुपैयाँ र महंगी भत्ता ४ हजार ३ सय १२ रुपैयाँ गरी जम्मा १० हजार ७ सय ८१ रुपैयाँ कायम गरिएको छ । उक्त पारिश्रमिक साउन १ गतदेखि नै लागू भएको छ ।

प्रतिक्रिया दिनुहोस्