Logo

‘सरकार, उद्यमी र श्रमिकबीच असल औद्योगिक सम्बन्ध रहनुपर्छ’ :उद्योग मन्त्री

‘सरकार, उद्यमी र श्रमिकबीच असल औद्योगिक सम्बन्ध रहनुपर्छ’ :उद्योग मन्त्री


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले देशमा उद्योगधन्दा सञ्चालन र विकासको वातावरण बनाउन सरकार केन्द्रित रहने बताए ।

सोमबार नेपाल घरेलु तथा साना उद्योग महासंघको भेटमा उनले औद्योेगिकरणको प्रवद्र्धन र विकासको लागि जुन सुकै मूल्य चुकाउन पछि नपर्ने बताएका हुन् ।
मन्त्री यादवले सरकार, उद्यमी तथा श्रमिकबीच असल औद्योगिक सम्बन्ध रहनु पर्नेमा समेत जोड दिए । भेटमा मुलुकको आर्थिक विकासका लागि आवश्यक औद्योगिकरण, उपभोक्ताहितको लागि सहज, सरल र नियमित आपूर्ति हुनुपर्ने र मन्त्रालय अन्तर्गतका क्रियाकलापलाई एकीकृत योजना बनाई कार्यन्वयन गर्ने बताए ।

सो अवसरमा महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले सरकार गठन भएसंगै आर्थिक सम्बृद्धि र विकासको तिब्र चाहना भएको र यस तर्फ सरकार अग्रसर हुनु पर्ने बताए । कहाली लाग्दो आयात निर्यात ब्यापार असन्तुलनलाई कम गर्न सरकारले प्रदान गर्ने सेवा सुविधाहरु पुर्याउन नसकेकोमा गुनासो गरे ।

बर्तमान अवस्थाको आयातमुखी अर्थतन्त्रलाई विस्थापित गर्न उत्पादनमुलक क्षेत्रलाई सकिृय बनाई निर्यात प्रवद्र्धन गर्न जरुरी रहेको अध्यक्षले बताए । साथै उनले निर्यात गृह स्थापना गर्ने कार्यक्रम भए पनि कार्यान्वयन नभएको प्रति ध्यानकर्षण गराए ।

अध्यक्ष गिरीले आत्मनिर्भर अर्थतन्त्रलाई निर्माण गर्ने र निजी क्षेत्रको छाता संस्थाको सहकार्यमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिका २०७१ लाई कडाइका साथ लागु गर्न सरकारलाई आग्रह गरे ।

उनले नेपालमा उत्पादित चियापति, अलैँची, अदुवा, जडिबुटी, रुद्राक्ष र बोधिचित्त जस्ता बस्तुहरुको अन्तरराष्ट्रिय बजारका लागि ब्यापार मार्गलाई रिरुटिङ गर्न चीनलगायत मुलुकलाई सम्भाब्यताको अध्ययनका लागि सरकारले अनुरोध गर्न माग गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL