Logo

विदेशी लगानी प्रतिबद्धता ३ खर्ब ८८ अर्ब, चीनका उद्योग धेरै -भारतको लगानी

विदेशी लगानी प्रतिबद्धता ३ खर्ब ८८ अर्ब, चीनका उद्योग धेरै -भारतको लगानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा हालसम्म ३ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार आर्थिक बर्ष २०४६/०४७ देखि चालुु आवको मंसिरसम्म सो बराबरको लगानीको प्रतिबद्धता आएको हो ।

हालसम्म यी राष्ट्रबाट ४ हजार ४ सय १ ओटा उद्योग स्थापनाका लागि विभागमा दर्ता भएको देखिन्छ । जसमध्ये भारतबाट सबैभन्दा बढी लगानीको प्रतिवद्धता आएको उद्योग विभागको तथ्यांकले देखाएको छ ।

भारतबाट कुल ६ सय ९७ उद्योगमा १ खर्ब ३५ अर्ब ४४ करोड रुपैयाँको लगानी प्रतिवद्धता भएको छ। चिनियाँ उद्योगमा भने कुल १ हजार २ सय ६१ उद्योगमा एक खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ लगानी प्रतिवद्धता भएको छ। भारतीय उद्योगको प्रतिवद्धता चिनियाँ भन्दा ३० अर्ब रुपैयाँले बढी भएको हो।

त्यस्तै चिनियाँ लगानीकर्ताले ६० हजार ७ सय ८९ जनालाई रोजगारीको दिने प्रतिबद्धता गरेका छन् । जुन भारतीय लगानीकर्ताको भन्दा ७ हजारले कम हो ।

भारत र चीन बाहेक अमेरिका, भर्जिन आइल्याण्ड, दक्षिण कोरिया लगायत देशबाट पनि धेरै लगाीनीक प्रतिबद्धता भित्रिएका छन् । यस्त देशबाट २० अर्ब रुपैयाँ बराबरका लगाी प्रतिबद्धता आएका छन् ।

५ अर्ब भन्दा बढी लगानी भित्र्याउने देश

अमेरिका २० अर्ब ७० करोड
ब्रिटिस भर्जिन आईसल्याण्ड १६ अर्ब ३० करोड
दक्षिण कोरिया १६ अर्ब २१ करोड
बेलायत ८ अर्ब ९५ करोड
सिङ्गापुर ८ अर्ब २० करोड
नर्वे ८ अर्ब १४ करोड
क्यानडा ७ अर्ब २४ करोड
जापान ७ अर्ब ५ करोड
सिचलेस ७ अर्ब ६० करोड
युएई ५ अर्ब ४० करोड
स्विजरल्याण्ड ५ अर्ब २८ करोड

प्रतिक्रिया दिनुहोस्