Logo

सार्क मुलुकबाट भित्रियो १ खर्ब ३८ अर्बको लगानी

सार्क मुलुकबाट भित्रियो १ खर्ब ३८ अर्बको लगानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा सार्क राष्ट्रबाट साढे १ खर्ब रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको छ । आर्थिक बर्ष २०४६÷०४७ देखि चालु आवको ४ महिनामाको अबधिसम्ममा कुल १ खर्ब ३८अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ ।

सार्क मुलुकका ६ ओटा राष्ट्रबाट ८ सय ३ ओटा उद्योग स्थपनाका लागि सो बराबरको लगानीको प्रतिबद्धता आएको हो । यी उद्योगबाट करिव ७३ हजार जनाले रोजगारी पाउने उल्लेख गरिएको छ ।

विभागको तथ्यांक अनुसार सार्क राष्ट्रमध्ये भारतबाट सबैभन्दा बढी लगानीको प्रतिवद्धता आएको हो । भातरबाट हालसम्म १ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको छ । त्यसपछी दोश्रोमा पाकिस्तान रहेको छ । सो अवधिमा पाकिस्तानबाट २ अर्ब ३० करोड रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको हो ।

त्यस्तै तेस्रोमा बंगलादेशबाट ९९ करोड, श्रीलंकाबाट ११ करोड, भुटानबाट ३ करोड र अफगानस्थानबाट ५० लाख रुपैयाँ बराबरको लगानी भित्रिएको हो । यता माल्दिभ्सबाट भने लगानीको प्रतिबद्धता नआएको उद्योग विभागको तथ्यांकले देखाएको छ ।

भारतबाट चालु आवमा मात्र १८ उद्योगका लागि ३ अर्बको मात्रै लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ । नेपालमा सबैभन्दा बढी लगानीको प्रतिबद्धता आउने मुलुकमध्ये दोश्रो स्थानमा भारत पर्छ ।

प्रतिक्रिया दिनुहोस्