Logo

खारेजीमा परेका १५ सय उद्योग नविकरणका लागि ३ महिना म्याद थपियो

खारेजीमा परेका १५ सय उद्योग नविकरणका लागि ३ महिना म्याद थपियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । खारेजीमा परेका करिव १५ सय उद्योगले नविरणको लागि अन्तिम मौका पाउने भएका छन् । नयाँ औद्योगिक व्यवसाय ऐन कार्यन्वयनमा आएसँगै स्वतः खारेजीमा परेका उद्योगले पुनः संचालनका लागि ३ महिना म्याद थप्न सक्ने सुविधा उपलब्ध गराएको हो ।

उद्योग मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो मौका मौका दिएको छ । सूचना अनुसार आजको ३ महिनाभित्र उद्योगहरुले नविकरण वा म्याद थप गर्न पाउने छन् ।

कानुन मन्त्रालयले बाधा अड्काउ फुकाउ अन्तर्गत नियमावलीबाट म्याद थप गर्न मिल्ने बताएपछि मन्त्रालयले त्यस्त उद्योगलाई ३ महिनाको म्याद दिइएको उद्योग सचिव शंकर कोइरालाले जानकारी दिए । सरकारले गत मंसिर ७ देखि औद्योगिक व्यवसाय ऐन, २०७३ कार्यान्वयनमा ल्याएको थियो ।

उद्योग दर्ता भएपछि निश्चित समयसीमा भित्र सञ्चालनमा आईसक्नुपर्ने प्राबधान छ । लगानीकर्ताले तोकिएको समयमा उद्योग सञ्चालनमा ल्याउन नसकेमा म्याद सकिनु एक महिना अघिनै थप गर्नुपर्ने नयाँ ऐनमा उल्लेख छ ।

नयाँ प्राबधान आएसँगै मन्त्रालयले. स्वतः खारेजीमा परेका उद्योगहरुलाई संचालनका लागि अन्तिम मौका दिने तयारी थालेको थियो । अर्बोको लगानी जोगाउने उद्देश्यसहित त्यस्ता उद्योगलाई अन्तिम मौका दिइएको उद्योग विभागका प्रवक्ता दुर्गा भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL