Logo

निर्यातमा घरेलु उद्योगको ८० प्रतिशत योगदान, उद्योग मन्त्रि भन्छन् ‘साना उद्योगको प्रवद्र्धनका लागि जस्तोसुकै सहयोग गर्न तयार छौं’

निर्यातमा घरेलु उद्योगको ८० प्रतिशत योगदान, उद्योग मन्त्रि भन्छन् ‘साना उद्योगको प्रवद्र्धनका लागि जस्तोसुकै सहयोग गर्न तयार छौं’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योगमन्त्री सुनिलबहादुर थापाले घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि सहयोग गर्न तयार रहेको बताए । लघु, घरेलु तथा साना उद्योगबाटै देशको अर्थतन्त्र फष्टाउने र यस्ता उद्योगको विकास अहिलेको अपरिहार्य आवश्यकता रहेको भन्दै सहयोग गर्न तयार रहेको बताएका हुन् ।

साथै आर्थिक विकासको मेरुदण्ड लघु, घरेलु तथा साना उद्योग नै ठूला उद्योगको आधारस्तम्भ भएको समेत जानकारी दिए । ‘मेरो लगाव पनि यस्ता उद्योगहरूसँग भएकाले देशका लागि यिनको योगदान मैले महसुस गरेको छु, उनले भने ‘यस्ता उद्योगको प्रवद्र्घनका लागि ऋृण सहुलियतदेखि के के कुरामा सहयोग पु¥याउन सकिन्छ आउनुस छलफल गरौं ।’

लघु, घरेलु तथा साना उद्योगको वर्तमान अवस्था र अवसरका विषयमा नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

निर्यातको ८० प्रतिशत घरेलु उद्योगबाट निर्यात हुने गरेको जानकारी उनले दिए । साथै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम बनेका यस्ता उद्योगको विकास र यिनका उत्पादनहरूको बजारीकरणका लागि सरकारले उच्च प्राथमिकताका साथ ध्यान दिएर अगाडि बढेको प्रष्ट पारे ।

उद्योगीहरुले भोग्नु परिरहेको अन्तर मन्त्रालय समन्वयका समस्याहरुलाई अबका दिनहरुमा उद्योग मन्त्रालय मार्फत सहजीकरण हुने व्यवस्था मन्त्रालयले मिलाउन लागेको कुरा जानकारी आश्वासन दिए । उद्योगहरुले आर्थिक बृद्धिमा पु¥याईरहेको योगदानलाई बढाउन औद्योगिक विकास तथा रोजगारी सृजना गर्न जरुरी भएको जोड दिए ।

साथै विदेशमा काम गरिरहेका नेपालीहरु नेपाल फर्किसकेपछि यहाँ काम नपाउने अवस्था आएमा त्यसले समाजमा समेत नकारात्मक असर पर्नेतर्फ उद्योगी व्यवसायी समेत सचेत रहन आग्रह गरे ।

निजी क्षेत्रको विकल्प नभएको भन्दै निजी क्षेत्रसँग सरकारको समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । त्यसका लागि आवश्यक ऐन कानुन पनि सरकारले तयार गर्ने प्रतिबद्धता व्यक्त गरे । हालको चुनौति नीतिगत सुधार रहेकाले यसलाई प्राथमिकतामा राखेर अघि बढ्ने र यसका लागि निजी क्षेत्रले समेत महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

सो अवसरमा मन्त्री थापाले आत्मनिर्भर अर्थतन्त्र निर्माण र स्वच्छ औद्योगिक वातावरण सृजना गर्न क्रियाशील रहेका लघु, घरेलु तथा साना उद्योगीहरूसँग आपसी सहकार्य गरेर नै आफू अघि बढ्ने कुरामा ढुक्क हुन महासंघ प्रतिनिधि मण्डललाई आग्रह गरेका थिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपालका लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्घनका लागि सरकारले ल्याएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने विषय कागजमै सीमित रहेको गुनासो गरे । स्वदेशी उत्पादनको संरक्षण र प्रवद्र्धन उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सरकारले निर्देशिका ल्याए पनि त्यो हालसम्म कार्यान्वयनमा जान नसकेको भन्दै पालना गराउन मन्त्री थापा समक्ष आग्रह गरे ।

महासंघको प्रतिनिधिमण्डलमा पूर्व अध्यक्ष वासु गिरी, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्ष मोहन कटुवाललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्