Logo

मुख्यसचिवसँग चेम्बरको माग, ‘व्यापारीलाई थुन्ने होइन सुन्ने हो’

मुख्यसचिवसँग चेम्बरको माग, ‘व्यापारीलाई थुन्ने होइन सुन्ने हो’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिले उद्योगी व्यापारीलाई बजार अनुगमनपछि पहिला थुन्ने काम नगरी उनीहरुको सुन्नुपर्ने माग राखेका छन् ।

मङ्गलबार मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीसँगको भेटमा उनीहरुले अनुगमनको नाममा व्यवसायीलाई त्रसित पार्ने काम भइरहेको जानकारी गराएका हुन् । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले भेटका क्रममा भने ‘गल्ती गरे कारबाही गर्नुपर्छ भन्ने पक्षमा हामी पनि छौं तर गल्ती नै नगरी थुन्ने काम भने गर्नुहुँदैन’ । व्यापारीको वास्तविकता बुझेर मात्र कारबाहीको प्रक्रिया अघि बढाइनुपर्ने उनको भनाइ थियो ।

हालै प्लाष्टिक चामल बेचेको आरोपमा एकजना व्यापारी अन्यायमा परेको भन्दै अध्यक्ष श्रेष्ठले भने ‘चामल भन्दा प्लाष्टिक धेरै महँंगो छ । यसमा कसले घाटा खाएर यो काम गर्छ’ ? भेटमा मुख्य सचिव क्षेत्रीले व्यवसायीको माग प्रति आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्