Logo

अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला शुरु,‘सिप र स्रोतको उपयोगबाट आर्थिक वृद्धि सम्भव’

अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला शुरु,‘सिप र स्रोतको उपयोगबाट आर्थिक वृद्धि सम्भव’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले स्रोत, साधन तथा सिपमा हामी कमजोर नभएको बताएका छन् । बिहीवारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको १३ औं अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी तथा नवीनतम प्रविधि प्रदर्शनी २०७४ को उद्दघान गर्दै यस्तो जानकारी दिएका हुन् । ‘स्रोत साधन तथा सिप हुँदाहुँदै गरिव मुलुकमा पर्नु हाम्रा लागि अपसोच हो’ उनले भने, ‘ यी तिन कुराको अधिकतम उपयोगबाट सजिलै विकशित राष्ट्र बन्न सकिन्छ । ’

अर्थमन्त्री महराले मुलुकले निजी क्षेत्रको सहयोग विना आर्थिक समृद्धि हासिल गर्न नसक्ने समेत जानकारी दिए । साथै बार्षिक रुपमा बृद्धि भएको आयातलाई प्रतिष्थापन गर्नु आजको चुनौती भएको बताए । त्यस्तैसाना तथा घरेलु उद्योगलाई प्रोत्साहन गरी नविनतम प्रविधि हस्तान्तरण गरेमा यस्ता चुनौतीलाई पार गर्न सकिने समेत जानकारी दिए । साथै उनले घरेलु उद्योगको समस्या समाधानका लागि सरकार तयार रहेको र आगामी बजेटमा विशेष सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहले विज्ञान प्रविधिको विकास विना आर्थिक बृद्धि सम्भव नभएकोले नेपालमा नयाँ प्रविधि खोज्ने ‘रिसर्च अभियान’ चलाउनु आवश्यक भएको बताए । विश्वका विज्ञान तथा प्रविधिमा लगानी गर्ने देशनै अघि भएको भन्दै नेपालले पनि त्यसमा ध्यान दिनुपर्ने जानकारी दिए ।

कार्यक्रममा आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपालमा घरेलु तथा साना उद्योगमा प्रयोग भएको प्रविधि पुरानो र आउट मोडेट रहेकोले उत्पादकत्व निकै कम भएको बताए । साथै यही कारणले गर्दा पुस्ता हस्तानान्तरण नभएको जानकारी दिए । सो अवसरमा उनले यस्त उद्योगमा नयाँ प्रविधि ल्याइ युवा पुस्तालाई आकर्षण गर्नु आजको आवश्यकता रहेको जानकारी दिए ।

सो अवसरमा उनले लघु घरेलु तथा साना उद्योग पूँजीका अभावका कारण समस्याग्रस्त रहेको बताए । मेलामा २ सय १५ ओटा स्टल रहेका छन् । जसमध्ये ५७ ओटा बैज्ञानिक खोज,अनुसन्धान र नवीनतम प्रविधिसँग सम्वन्धित छन् । मेलामा भारत,पाकिस्तान, बंगलादेश र चीनका गरी ३० ओटा स्६ल छन् । मेलामा ६ करोड बराबरको कारोवार र १ लाख अवलोकनकर्ताको सहभागिता रहने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्