Logo

शिवम् सिमेन्टद्वारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स् प्रदान, २५ हजार जनता लाभान्वित

शिवम् सिमेन्टद्वारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स् प्रदान, २५ हजार जनता लाभान्वित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्तव अन्तर्गत मकवानपुरगढि स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेको छ । बुधवार एक कार्यक्रमवीच कम्पनीका सञ्चालक रघु नन्दन मारुले सो एम्वुलेन्स हस्तान्तरण गरेका हुन् ।

एम्बुलेन्स हस्तान्तरणसँगै शिवम् सिमेन्टको तर्फबाट एम्बुलेन्सको व्यवस्थापन तथा अन्य प्रारम्भिक खर्च स्वरुप ५१ हजार रुपैयाँको ‘सिड मनी’ पनि प्रदान गरिएको थियो ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिको जिम्मेवारीमा हस्तान्तरण गरिएको उक्त एम्बुलेन्सले सुकौरा, बुढिचौर, आमभञ्ज्याङ्ग, मकवानपुरगढि र हटिया लगायत सो वरिपरिका आम जनसमुदायमा सेवा पु¥याउने कम्पनीले जानकारी दिएको छ । हाल उक्त स्थानहरुमा कोही बिरामी पर्दा हेटौंडा रेडक्रस र हेटौंडा अस्पतालबाट मात्र एम्बुलेन्सको सेवा उपलब्ध हुने गरेको छ । Ambulance-3

उक्त स्थानहरुमा एम्बुलेन्स सुविधा प्राप्त गर्न करीब डेढ देखि २ घण्टासम्म समय लाग्ने र भनेको बेलामा र चाहिएको वखत पाउन अत्यन्तै मुस्किल पर्ने अवस्था छ । उक्त ऐम्बुलेन्स प्राप्त भएपछि अब सो क्षेत्रका २५ हजार भन्दा बढि स्थानीयहरुलाई प्रत्यक्ष लाभ पुग्ने कम्पनीको विश्वास छ ।

एम्बुलेन्स सुविधा लिन सम्पर्क नं. ९८१५२५५७२२ वा ९८६५२१०८८८ मा फोन गरी तुरुन्तै ऐम्बुलेन्स मगाउन सकिने कम्पनीले जानकारी दिएको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शिवम् सिमेन्टलेसडक निर्माण, खानेपानी व्यवस्थापन, गाविस मार्फत विद्यालय संचालनमा सहयोगलगायत कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्