Logo

दार्चुलाको मह प्रशोधन गर्न अष्ट्रेलियन राजदूतको सुझाव, ग्रामिण क्षेत्रमा ७० हजार उद्यमी

दार्चुलाको मह प्रशोधन गर्न अष्ट्रेलियन राजदूतको सुझाव, ग्रामिण क्षेत्रमा ७० हजार उद्यमी


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपालका लागी अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले नेपालमा वैदेशिक लगानीका लागी वातावरण वन्दै गएको बताए । बिहीवार उद्योग मन्त्री नवीन्द्रराज जोशीसँगको भेटमा उनले उद्योग मन्त्रालयले सुरु गरेको नीतिगत सुधारका कारण लगानीको वातावरण बनेको बताएका हुन् । साथै नेपालको विकास प्रयासमा अष्ट्रेलियन सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।

भेटमा उनले दार्चुलामा उत्पादित अग्रा्यानिक महको प्रशोधनको लागी काम गर्न नेपाल सरकारलाई सुझाव दिए । विश्व बजारमा दार्चुलाको महको राम्रो बजार रहेको भन्दै सुझाव दिएका हुन् ।

भेटमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले लघु उद्यम विकास कार्यक्रममा रहेको अष्ट्रेलियन सहयोगको लागी धन्यवाद व्यक्त गरे । उद्यमशिलता विकास गर्ने सो कार्यक्रमले ग्रामिण क्षेत्रमा ७० हजार भन्दा बढी उद्यमी तयार पारिसकेको जानकारी दिए ।

मन्त्री जोशीले लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक कतिपय ऐन नियम ल्याईसकेको र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्वन्धि नयाँ ऐन अन्तिम चरणमा रहेको जानकारी समेत दिए ।

उनले अन्तराष्ट्रिय लगानी सम्मेलनमा व्यक्त आशयपत्रहरुलाई लगानीमा परिणत गर्न सरकारले विभिन्न समिति बनाएर फलोअप गरिरहेको बताए । नेपाली उत्पादनको अष्ट्रेलियामा बजार विस्तारका लागी सघाउन समेत मन्त्री जोशीले अष्ट्रेलियन राजदूत ग्लेन ह्वाइटलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्