Logo

मन्त्रिपरिषदमा पेस गरिदै वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, थप ३ ओटा छलफलमा

मन्त्रिपरिषदमा पेस गरिदै वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, थप ३ ओटा छलफलमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले निजी क्षेत्रलाई कसरी प्रोत्साहीत गर्न सकिन्छ भन्नेमा सरकार कृयाशिल रहेको बताए ।
नेपालमा लगानी गरिरहेका निजी क्षेत्रका उद्योगीहरुसँगको उद्योग मन्त्रालयमा आयोजित छलफलमा उनले यस्ते बताएका हुन् । सो
अवसरमा मन्त्री जोशीले लगानीकर्ताहरुको लगानीलाई सुरक्षित गर्न कानुनी रुपमा नै प्रत्याभूत गर्न सरकार क्रियाशिल रहेको समेत जानकारी दिए ।

यसका लागि सरकारले विशेष आर्थिक क्षेत्र सम्वन्धी ऐन र कार्यविधि समेत पारित गरिसेकेको छ । त्यस्तै औद्योगिक व्यवसाय प्रवद्र्धन ऐन पारित भै विनियमावली बन्ने चरणमा रहेको, खानी नियमावलीमा समसामयिक सुधार गरिएको, कम्पनी ऐन संसदमा छलफलमा रहेको उनले बताए ।

मन्त्री जोशीले उद्योग दर्ता प्रकृयालाई सहज बनाउन उद्योग विभाग र कम्पनी रजिष्टारको कार्यालयबाट हुने काममा सहजिकरण गर्न सरकारकै तर्फबाट सहयोगीको व्यवस्था गर्न लागिएको भन्दै उद्योगको इन्ट्री,अपरेशन तथा एक्जिट सवैलाई सरल बनाउन लागिएको बताए ।

७ वटै प्रदेशमा औद्योगिक क्षेत्रका स्थापना सरकारको प्राथमिकतामा रहेको मन्त्री जोशीले बताए । कार्यक्रममा मन्त्रालयका सचिव शंकरप्रसाद कोईरालाले निजी क्षेत्रको समस्या समाधानका लागि उद्योग मन्त्रालयले इमान्दार प्रयास सुरु गरिसकेको र यसको परिणाम छिट्टै देखिने जानकारी दिए ।

त्यस्तै अन्य मन्त्रालयसँग गाँसिएका समस्या समाधानका लागि पनि उद्योग मन्त्रालयबाट निरन्तर प्रयास शुरु गरेको बताइएको छ ।

छलफलमा उद्योगिहरुले समग्र औद्योगिक वातावरणमा सुधार नभए सम्म थप लगानी आउन नसक्ने बताए । साथै उद्योग मन्त्रालयको मात्र प्रयासले औद्योगिक वातावरण वन्न नसक्ने समेत दावी गरे ।

उद्योग मन्त्रालयले ल्याएका ऐनहरुको प्रशंसा गर्दै श्रम ऐन, सामाजिक सुरक्षा सम्वन्धि ऐन र वातावरण मैत्री ऐन पनि उद्योग मैत्री हुन जरुरी रहेको धारणा राखे । उनीहरुले नेपालको अर्थतन्त्रको मोडेल कस्तो हुने भन्नेमा अन्यौलता रहेको गुनासो गरे । साथै उद्योगका लागि जग्गा प्राप्ति पनि प्रमुख समस्याको रुपमा रहेको बताए ।

आयातित वस्तुहरुका एनएस मार्क नचाहिने तर नेपाली बस्तुको हकमा एनएसमार्क चाहिने व्यवस्थाले नेपाली वस्तुको प्रतिस्पर्धी क्षमतामा ह्रास आएको उनीहरुको गुनासो थियो ।

प्रतिक्रिया दिनुहोस्