Logo

१ महिनामै ४४ उद्योग दर्ता, १४ अर्व ३० करोडको लगानी प्रतिवद्धता

१ महिनामै ४४ उद्योग दर्ता, १४ अर्व ३० करोडको लगानी प्रतिवद्धता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७३/०७६४को मंसिर महिनामा मात्र १४ अर्व ३० करोड २३ लाख रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको छ । उद्योग विभागमा दर्ता भएको उद्योगहरुको तथ्यांकले यस्तो देखाएको हो ।

सो अवधिमा ४४ ओटा उद्योग दर्ता भएका छन् । जसमध्ये पर्यटनमुलक उद्योग सवैभन्दा बढी १९ ओटा दर्ता भएका छन् । पर्यटनमुलक उद्योगमा १ अर्व ९८ करोडको लगानीको प्रतिवद्धता आएको छ । लगानीको हिसावले भने उत्पादनमुलकमा सवैभन्दा बढी १० अर्व ५० करोड रुपैयाँको प्रतिवद्धता आएको हो ।

एक महिनामा १२ ओटा उत्पादनमुलक उद्योग दर्ता भएको तथ्यांकले देखाएको छ ।

विभागका अनुसार यी उद्योगबाट २ हजार २ सय ८४ जनाले रोजगारी पाउने छन् । मंसिर महिनामा सवैभन्दा बढी साना २६ ओटा ,ठूला १२ र मझौला ६ ओटा दर्ता भएका भएका छन् ।

प्रतिक्रिया दिनुहोस्