Logo

विदेशीलाई नेपालमा लगानी बढाउन आग्रह, लगानीकर्तालाई समान व्यवहार

विदेशीलाई नेपालमा लगानी बढाउन आग्रह, लगानीकर्तालाई समान व्यवहार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योगमन्त्री नवीन्द्रराज जोशीले फागुनको १९ र २० गते आयोजना गर्न लागेको नेपाल लागानी सम्मेलन मा सहभागी भइ नेपालको सम्भवाना र वातावरणका बारेमा अध्ययन गरेर लगानी बढाउनका आह्वान गरेका छन् । उद्योग मन्त्रालयले आज आयोजना गरेको नेपालस्थित विभिन्न देशका राजदूत एवम् कुटनीतिक नियोगका प्रमुखसँगको बैठकमा उनले यस्तो आग्रह गरेका हुन् । सो अवसरमा उनले राजनीतिक एवम् नीतिगत रुपमा नेपालमा लगानीका लागि कुनै समस्या नभएको बताए ।

मन्त्री जोशीले नयाँ संविधान जारी भएसँगै मुलुकका सबै राजनीतिक दलहरु नेपालको अवको प्रमुख मुद्दा आर्थिक हो भन्ने विषयमा प्रष्ट रहेको उल्लेख गरे । ‘उद्योग मन्त्रालय अहिले कानुनीरुपमा लगानीकर्तालाई लगानी सुरक्षाको प्रत्याभूति दिलाउन तयार छ ’ उनले भने ‘त्यसका लागि कतिपय ऐन संसद्बाट पारित भएको र कतिपय आउने क्रमममा छ।’

त्यसका साथै उद्योग दर्ता प्रक्रियालाई सरलीकृत एवम छरितो बनाइएको उनको भनाई थियो । बढीभन्दा बढी रोजगारी सिर्जना गर्नका लागि मन्त्रालयले उत्पादनमुलक उद्योगको स्थापनालाई प्राथमिकतामा राखेको मन्त्रीले बताए ।

त्यस्तै नेपाली र विदेशी लगानीकर्तामा कुनै भेदभाव नगरिने प्रतिवद्धता समेत व्यक्त गरे । मन्त्री जोशीले अन्तरमन्त्रालयबीचको समन्वयका लागि अहिले उद्योग मन्त्रालयको पहलमा नियमित रुपमा श्रम,भौतिक योजना तथा यातायात, सङ्घीय मामिला तथा स्थानीय विकास, वन, वातारण र कृषि विकासमन्त्रालयबीच सहकार्य गर्दै आएको स्पष्ट पारे ।

छलफलमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क), जापान, सयुक्त राज्य अमेरिका, स्वीडेन, साउथ अफ्रिका, म्यानमार, न्युजल्यान्ड, थाइल्यान्ड, फिनल्यान्ड, चेक रिपब्लिकलगायले छलफलमा सहभागीता जनाउने छन् ।

कार्यक्रममा सहभागीहरुले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको भन्दै त्यसका लागि सरकारले नीतिगत र राजनीतिक स्थिरताका साथै श्रम ऐनपनि पनि चाडो ल्याउन जरुरी रहेको सुझाव दिए ।

बैठकमा उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइराला र सहसचिव यमकुमारी खतिवडाले नेपाल लगानी सम्मेलनको तयार र त्यसको व्यवस्थापनका विषयमा भएका प्रगतिका विषयमा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्