Logo

विदेशी लगानी सम्वन्धी कानून संशोधनबारे छलफल, स्वदेशीलाई भन्दा बढी सुविधा नदिन आग्रह

विदेशी लगानी सम्वन्धी कानून संशोधनबारे छलफल, स्वदेशीलाई भन्दा बढी सुविधा नदिन आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विदेशी लगानीकर्तालाई नेपालीलाई भन्दा बढी सुविधा नदिन सरोकारवालाहरुले आग्रह गरेका छन् । सोमवार विदेशी लगानी सम्वन्धी कानुनको संशोधन र एकिकरण गर्न बनेको विधेयकको मस्यौदाको छलफलमा यस्तो आग्रह गरेको छ ।

सो अवसरमा डा. पोषराज आचार्यले नेपाली लगानीकर्ताले पाउने भन्दा बढी सुविधा दिँदा यहाँका व्यवसायी हतोत्साही हुने बता ए।
त्यस्तै उनले मस्यौदामा विदेशी लगानीकर्ताको अधिकारको कुरा मात्र नभई कर्तव्य तथा उत्तरदायीत्वको पनि समावेश गर्नु पर्ने सुझाए । त्यस्तै नियम कानुन उल्लंघन गरेमा कस्तो सजाय हुने भन्ने समावेश गर्नुपर्ने बताए । विदेशी लगानीकर्ताको वीमा पनि समावेश गर्नु आवश्यक छ ।

सो अवसरमा पूर्व उद्योग सचिव कृष्ण ज्ञवालीले किवर्डहरु राखेर प्रस्तवना छोट्याउनुपर्ने बताए ।

कार्यक्रममा विलाशीता तथा स्वास्थ्यलाई हानी गर्ने वस्तुमा विदेशी लगानी प्रोत्साहन गर्न नहुने कुरा उठाइएको थियो । कानुन व्यवसायी सुन्दर दाहालले न्यूनतम लगानी नतोकिएको भन्दै तोक्न पर्ने बताए । त्यस्तै कार्गो र भन्सार सेवालाई विदेशी लगानीका लागि नेगेटिभ लिष्टमा राख्नुपर्ने बताए ।

विदेशी लगानीकर्ता उद्योगहरुलाई कति पैसा चाहिने, उत्पादन कस्तो छ लगायतबारे अनुगमन नभएको भन्दै सो आवश्यक रहेको जानकारी दिए । कार्यक्रममा सहभागी अघिकांशले मस्यौदाको अनुसुचीको ७ र ८ बुदाँबारे टिप्पणी गरेका थिए । जसअनुसार २० करोड भन्दा बढी लगानी भएको कुखुरापालन मत्स्यपालन व्यवसाय खुल्ला गर्न नहुने तर्क राखेका थिए ।

कार्यक्रममा एनसेलका इन्टरप्राइज निर्देशक प्रणय आचार्यले सरकारी निकाय अन्तर्गतका उद्योग र विदेशी लगानीका उद्योगलाई समान व्यवहार नगरिएको बताए । सरकारी उद्योगसँग प्रतिशपर्धा गर्नुपरे पनि दोश्रो दर्जाको व्यवहार गरिएको भन्दै सो बारे ऐनमा उल्लेख गर्न आग्रह गरे ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले विदेशी मुद्रासम्वन्धी निकायबाट स्वीकृति भएपछि राष्ट्र बैंकको स्वीकृति लिनपर्ने बताए । कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले पोर्टफोलियो इन्भेष्टमेन्टका लागि नेपाल तयार नभएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले स्ववदेशी भन्दा विदेशीले थप सुविधा पाउन नहुनेमा जोड दिए । त्यस्तै नेपाल सरकारले विदेशी लगानीको आवश्यकता महशुश गरेको स्थानमा लगानीका लागि खुल्ला गर्नुपर्ने बताए । मुरारकाले ट्रेडिङमा विदेशी लगानी उपयुक्त नहुनेमा जोड दिए ।

कार्यक्रममा उद्योग मन्त्री नवीन्द्रराज जोशीले व्यवसायी तथा विज्ञहरुबाट आएको सुझाव अनुसार कानून बनाइने जानकारी दिए ।
मन्त्री जोशीले व्यवसायीहरुलाई पूर्वाधार नभएको भन्दै उद्योग स्थपना गर्न नसक्ने अवस्थ नरहने बताए ।‘उद्योग खोल्न पूर्वाधार हामी उपलब्ध गराउछौं ।’

प्रतिक्रिया दिनुहोस्