Logo

उद्योग विभागमा मन्त्री र राज्यमन्त्री पालैपालो, विभागको काम सहज बनाइने

उद्योग विभागमा मन्त्री र राज्यमन्त्री पालैपालो, विभागको काम सहज बनाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योगमन्त्री नविन्द्रराज जोशी वा उद्योगराज्यमन्त्री कञ्चनचन्द्र वादे पालैपालो दैनिक एक घण्टा उद्योग विभाग बस्ने भएका छन् । उद्योग विभागबाट सम्पादन हुने कामका सम्बन्धमा सेवाग्राहीबाट व्यापक गुनासो आएपछि यस्तो निणर्य गरेको हो ।

आज निरीक्षणका क्रममा विभाग पुगेका मन्त्री जोशीले विभागबाट हुने कामलाई सहज र सरल बनाउन भोलिदेखि पालैपालो दैनिक एक घण्टा विभागमा बस्न लागेको जानकारी दिए ।

मन्त्री जोशीले उद्योग विभागबाट कुन समयमा कति काम सम्पन्न गर्ने, कति शुल्क तिर्न लगाउनेलगायतका विषयमा सेवाग्राहीलाई जानकारी दिन नागरिक वडापत्र राख्न पनि कर्मचारीलाई निर्देशन दिएका छन् ।

उनले सकेसम्म सेवाग्राहीको कामलाई एकैदिनभित्र सक्न विभागका कर्मचारीलाई आग्रह समेत गरे ।‘कर्मचारीको सेवा सुविधाप्रति सरकार कन्जुस्याईँ गर्दैन, तपाईँहरु कामप्रति जिम्मेवार बन्नुहोस्’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्