Logo

रोजगारी सृजना मुलुकको प्रमुख प्राथमिकता, प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक केन्द्र स्थापना

रोजगारी सृजना मुलुकको प्रमुख प्राथमिकता, प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक केन्द्र स्थापना


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले नयाँ रोजगारी सृजना गर्नु अहिले मूलुकको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् । उद्योग मन्त्रालय अन्तरगतको उद्यमशीलता विकास कार्यक्रममा सघाई रहेका नेपालस्थित राष्ट्रिय एवं अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाका प्रतिनिधिहरुसँगको आज उद्योग मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री जोशीले थप रोजगारी सृजनाका लागि साम्हिक प्रयास फलदायी हुने भएकाले छलफल कार्यक्रमको आयोजना गरिएको समेत जानकारी दिए ।

सो अवसरमा उनले नेपालको गरिवी निवारण र रोजगारी सृजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाहरुको महत्वपूर्ण योगदान रहेको सुनाए । मन्त्री जोशीले मूलुकका लागि महत्वपूर्ण युवा जनशक्तिलाई रोजगारीको खोजिमा विदेश जानुपर्ने वाध्यताको अन्त्य गर्न आवश्यक रहेको बताए ।
त्यस्तै उद्यमशीलता विकासलाई प्रोत्साहित गर्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको भन्दै उहाँले उद्योग मन्त्रालयले प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।

सो अवसरमा उद्योग राज्यमन्त्री कञ्चन बादे श्रेष्ठले स्थानिय श्रोत साधनमा आधारित लघ् उद्योगहरुलाई प्रवद्र्धन गर्दै जान जरुरी रहेको बताए ।
उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोईरालाले संचालित कार्यक्रमहरुलाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्धेश्यले छलफल कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा मन्त्रालयका सहसचिव यमकुमारी खतिवडाले गरिबी निवारणका लघु उद्यम विकास कार्यक्रम प्रभावकारी देखिएको जानकारी दिइन् ।

कार्यक्रममा सहभागी राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैह्र सरकारी संस्थाका प्रतिनिधिहरुले वर्तमानमा संचालित सीपमूलक तालिमलाई स्थानिय आवश्यकता अनुरुप परिमार्जन गर्न आवश्यक देखिएको बताए । लघु उद्यमीको उत्पादन विक्री गर्न मूल्य अभिवृद्धि कर (भ्याट) विल नचाहिने व्यवस्था गर्न उपयुक्त रहेको सुझाव थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL