Logo

उद्योग मन्त्री जोशी र युनिडोको महानिर्देशक योङ बीच भेट, नेपाललाई दिदै आएको सहयोगलाई निरन्तरता दिने

उद्योग मन्त्री जोशी र युनिडोको महानिर्देशक योङ बीच भेट, नेपाललाई दिदै आएको सहयोगलाई निरन्तरता दिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योगमन्त्री नविन्द्रराज जोशी र संयुक्त राष्ट्रसंघको उद्योग विकास सङ्घठन (युनिडो)को महानिर्देशक लि योङबीच, अष्ट्रियाको भियनामा दुइपक्षिय भेट भएको छ ।

भेटका क्रममा उद्योगमन्त्री जोशीले नयाँ संविधान जारी पछिको अहिलेको अवस्थामा नेपालको विकासका लागि औद्योगिक क्रान्तिको आवश्यकता भएको हुँदा दिगो र वृहत् औद्योगिक विकासका लागि युनिडोको सहयोग रहने अपेक्षा गरे ।

नेपाल सरकार अहिले औद्यागिक वातावरण तयारका लागि आवश्यक पूर्वाधार विकासमा लागि परेको उद्योगमन्त्री नविन्द्रराज जोशीले बताए । यसका लागी सरकार औद्योगिक व्यवसाय प्रबद्र्धन ऐन, विशेष आर्थिक क्षेत्र ऐनको संशोधन लगायत आवश्यक अन्य ऐनहरुको संशोधन एवं कानुनी तथा नीतिगत सुधारमा जुटको समेत जानकारी दिए ।

उद्योग मन्त्रालय एवं नेपाल सरकारले औद्योगिक वातावरणको तयारीसँगै लगानी भित्र्याउन, रोजगारीको अवसर सृजना गर्ने, साना तथा घरेलु उद्योगहरुलाई प्रोत्साहन गर्ने, रुग्ण एवं बन्द भएका उद्योगहरुको पुनरोत्थानलगायत कामलाई प्राथमिकता दिइ लगानीकर्ताहरुको मनोबल बढाउनु यो सरकारको प्रमुख प्राथमिकता रहेको मन्त्री जोशीको भनाइ थियो ।

सो अवसरमा योङ्गले नेपाल सरकारको औद्योगिक विकासको स्पष्ट कार्यदिशा रहेको हुँदा यसमा यूएनआइडिओको सधैँ साथ रहनेमा बताए । यूएनआइडिओले नेपाललाई दिदै आएको सहयोगलाई निरन्तरता दिदैँ थप लगानीका लागि नेपालको रणनीति कस्तो रहने त्यसमा भर पर्ने जानकारी दिए।

यूएनआइडिओले नेपालको क्षमता वृद्धि, औद्योगिक नीति परामर्श सेवा, व्यापार क्षमता अभिवृद्धिलगायत क्षेत्रमा निरन्तर सहयोग गर्ने बताए ।
साथै नेपालजस्तो मुलुकमा रोजगारी सृजना गरी जीवनस्तर उकास्नका लागि औद्योगिक विकास अपरिहार्य हुने हुँदा रणनीतिक योजना तर्जूृमा र त्यसको कार्यान्वयनका लागि यूएनआइडिओ सधै तत्पर रहेको जिकिर गरे ।

भेटको क्रममा उद्योगमन्त्रालयका सहसचिव यमकुमारी खतिवडा एवं जेनेभाका लागि नेपाली राजदूत दिपक धितालको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL