Logo

विधान संशोधनलाई महासंघको विशेष साधारणसभा मंसिर २५ मा, अझै एक कार्यकाल वरिष्ठको निर्वाचनपछि मात्रै प्रत्यक्ष अध्यक्ष चुनिने

विधान संशोधनलाई महासंघको विशेष साधारणसभा मंसिर २५ मा, अझै एक कार्यकाल वरिष्ठको निर्वाचनपछि मात्रै प्रत्यक्ष अध्यक्ष चुनिने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी मंसिर २५ गतेलाई विशेष साधारणसभाको मिति तय गरेको छ । महासंघको विधान संशोधनका लागि आज बसेको कार्यसमिति बैंठकले मंसिर २५ गतेका लागि विशेष साधारणसभा बोलाएको हो ।

महासंघको यसअघि बसेको कार्यसमिति बैठकले विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । उक्त बैठकले हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ पछिको एक कार्यकालको लागि वरिष्ठ उपाध्यक्षकै लागि निर्वाचन हुने र त्यसपछि अध्यक्षको प्रत्यक्ष निर्वाचित हुनेगरी सर्वसम्मतिले विधान संशोधन गरेको थियो । उदाहरणका लागि हालका अध्यक्ष चन्द्रप्रसाद ढकालपछि वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ महासंघको अध्यक्ष हुनेछन् भने त्यसपछिको एक कार्यकाल पनि वरिष्ठ उपाध्यक्षकै लागि निर्वाचन गरिने र त्यसपछि मात्रै प्रत्यक्ष निर्वाचित अध्यक्ष चयन गरिने भएको छ । महासंघले उक्त मस्यौदालाई नै आगामी मंसिर २५ मा हुने विशेष साधारणसभामा पेश गर्नेछ ।

यसैगरी महासंघको तत्कालीन बैठकले विधान संशोधनअन्तर्गत दुईवटा वरिष्ठ उपाध्यक्ष राख्ने प्रस्ताव पारित गरेको थियो । जसअनुसार वस्तुगत र एसोसिएटबाट एउटा वरिष्ठ उपाध्यक्ष र जिल्ला नगरबाट एउटा वरिष्ठ उपाध्यक्ष रहनेछन् । हाल कार्यसमितिबाट पारिस भएको मस्यौदा अनुसार उक्त व्यवस्था अन्जन श्रेष्ठ अध्यक्ष भएर त्यसपछि एक कार्यकालको लागि पुन वरिष्ठ उपाध्यक्षको लागि निर्वाचन भएर प्रत्यक्ष निर्वाचनमा गएपछि मात्र लागु हुनेछ ।

महासंघले हाल उक्त विधानको मस्यौदालाई अध्ययनका लागि आफ्ना जिल्ला नगर वस्तुगत एसोसिएट सदस्यलाई अध्ययनका लागि पठाएको छ । महासंघले आफु अन्तरगतका सदस्यहरुबाट राय लिएर उक्त मस्यौदालाई आगामी मंसिर २५ गते हुने विशेष साधारणसभाबाट पारित गराएपछि कार्यान्वयनमा लैजाने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL