Logo

उद्योग मन्त्री र वहुराष्ट्रिय कम्पनीका प्रमुखहरुवीच भेट, औद्योगिक ऐनले दिएका सुविधा आर्थिक ऐनले काट्ने गुनासो

उद्योग मन्त्री र वहुराष्ट्रिय कम्पनीका प्रमुखहरुवीच भेट, औद्योगिक ऐनले दिएका सुविधा आर्थिक ऐनले काट्ने गुनासो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले राज्यको अबको प्रमुख प्राथमिकता आर्थिक सम्वृद्धि हुनुपर्छ भन्ने बिषयमा मूलुकका सबै राजनितिक दलहरु एकमत रहेको बताए । नेपालमा लगानी गरिरहका वहुराष्ट्रिय कम्पनीका कार्यकारी प्रमुखहरु सँग बिहीवार उद्योग मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा यस्तो बताएका हुन् ।

मन्त्री जोशीले उद्योग मन्त्रालय परिवर्तन भएको छ भन्ने कुरालाई व्यवहारिक कुरामा नै देखाउन चाहेको जानकारी दिए । साथै उद्योगी व्यवसायीहरुको जायज मागलाई सम्वोधन गर्न सरकार तयार रहेको बताए ।

मन्त्री जोशीले सरकारी निकायहरुबीच देखिएको समन्वयको अभावलाई कम गरि औद्योगिक वातावरण बनाउन उद्योग मन्त्रालयले आफुलाई लिडिङ मन्त्रालयको रुपमा प्रस्तुत गर्न चाहेको सुनाए । साथै उद्योग व्यवसाय क्षेत्रले वर्तमान अवस्थामा भोग्नु परेको समस्याहरुलाई आगामी दिनमा नदोहोरियोस् भन्ने तर्पm मन्त्रालय सचेत र मन्त्रालय उद्योगी व्यवसायीहरु सँग निरन्तर सम्वादमा रहने जानकारी दिए ।

त्यस्तै आगामी १०÷१२ बर्ष भित्रमा कुनै पनि नेपाली युवाले रोजगारीका लागि विदेशिनु पर्ने वाध्यताको अन्त्य गर्ने हिसावले उद्योग मन्त्रालय व्यापक रोजगारी श्रृजना गर्ने वातावरण बनाउन लागि रहेको बताए । ‘यसका लागि आवश्यक नीतिगत सुधारका साथै प्रकृयागत ढिलासुस्तिलाई समेत कम गर्न एकद्धार प्रणालिको विकासका लागि मन्त्रालय लागिरहेको छ’ उनले भने ।

कार्यक्रममा उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोईरालाले उद्योग मन्त्रालय नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्न चाहेको बताए ।

छलफलमा सहभागि नेपालमा संचालित वहुराष्ट्रिय कम्पनीका प्रमुखहरुले नेपालमा औद्योगिक ऐनले दिएका कतिपय सुविधाहरु आर्थिक ऐनले काट्ने गरेको गुनासो गरे । त्यस्तै तयारी बस्तु र कच्चा पदार्थको भन्सार मूल्य एउटै हुँदा नेपालमा स्थापित उत्पादनमूलक उद्योगहरुको प्रतिस्पर्धी क्षमतामा ह्रास आएको उनीहरुको भनाई थियो ।

व्यवसायीहरुले प्रकृयागत झण्झटका कारण कुनै पनि काममा अधिक समय खर्चनु पर्ने कारणले उत्पादन लागत बढ्न जाने भन्दै उर्जा समस्या र श्रम समस्या पनि नेपालका उद्योगहरका लागि टाउको दुखाईको बिषय भएको बताए । उद्योग मन्त्रालयले अहिले शुरु गरेको सुधारका कार्यहरुले केही आशा जगाएको भन्दै उहाँहरुले औद्योगिक वातावरण बन्न सके नेपालमा औद्योगिक विकासको प्रशस्त सम्भावना रहको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL