Logo

जियोग्राफिकल इन्फरमेशनका लागि विदेशी सफ्टवेयर कम्पनी आउँदै, ७० करोड लगानी

जियोग्राफिकल इन्फरमेशनका लागि विदेशी सफ्टवेयर कम्पनी आउँदै, ७० करोड लगानी


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपालमा जियोग्राफिकल इन्फरमेशन सिस्टम (जिआइएस) सफ्टवेयर निर्माण कम्पनी स्थापना हुने भएको छ । बैंदो टेक्नो प्रालिले सो सफ्टवेयर निर्माणका लागि स्वीकृति पाएको हो ।

विदेशी तथा स्वदेशी लगानीकर्ताले जिआइएस सफ्टवेयर निर्माण गर्न उद्योग विभागबाट स्वीकृति लिएको विभागका अनुमति शाखा अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिए । विभागका अनुसार उनीहरुले स्थापना गर्न लागेको कम्पनीले विशेषगरी लोकेशन ट्रयाक गर्ने छ । ६ जना लगानीकर्ताले संयुक्त रुपमा उद्योग स्थापना गर्न लागेका हुन जसमध्ये २ जना चिनीयाँ र बाँकी नेपाली छन् । ।

विदेशी लगानीकर्तामा क्वानटुटङ विझी, जियुझोउ रहेका छन् भने नेपाली लगानीकर्तामा बालकृष्ण सिवाकोटी, कमलबहादुर कार्की, रमेशराज शिवाकोटी र नामगेल शेर्पा रहेका छन् ।

लुइँटेलका अनुसार लगानीकर्ताले ७० करोड रुपैयाँको लगानीमा सफ्टवेयर कम्पनी स्थापनाको प्रक्रिया अघि बढाएका हुन् । जसमा स्थिर पूँजी ६६ करोड ४६ लाख र चालु ३ करोड ५४ लाख रुपैयाँ छ । कम्पनीमा ७५ प्रतिशत विदेशी र बाँकी २५ प्रतिशत नेपाली लगानी रहने छ । सो कम्पनी सञ्चालनमा आए पश्चात ५२ जनाले रोजगारी पाउने उल्लेख छ ।

कम्पनी काठमाडौं महानगरपालिकाको वडा नम्वर ८ मा स्थापना गरिने बताइएको छ । बैंदो टेक्नो प्रालीले बार्षिक २ हजार प्याकेज सफ्टवेयर निर्माण गर्ने उल्लेख गरेको छ ।

अनुसार कम्पनीले विशेषगरी गाडीमा राख्ने सफ्टवेयर निर्माण गर्न लागेको कम्पनीका एक लगानीकर्ता बालकृष्ण सिवाकोटीले बताए । उक्त सफ्टवेयरको माध्यमबाट जानुपर्ने बाटो पत्ता लगाउन सकिन्छ । यसबाट गाडी कहाँ जाँदै छ ट्रयाकिङ गर्न समेत सकिने बताइएको छ । सिवाकोटीका अनुसार कम्पनीले विद्यालयमा सुरक्षाका लागि समेत नयाँ सफ्टवेयर पनि निर्माण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्