Logo

बन्द उद्योग सञ्चालनको अन्तिम तयारीमा सरकार, हटौंडा कपडा उद्योगमा सेना,प्रहरी

बन्द उद्योग सञ्चालनको अन्तिम तयारीमा सरकार, हटौंडा कपडा उद्योगमा सेना,प्रहरी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले बन्द उद्योग पून सञ्चालनको अन्तिम तयारी थालेको छ । बन्द अवस्थामा रहेका सरकारी स्वामित्वका उद्योगहरुको सञ्चालनको तयारी थालेको हो ।

यसैक्रममा हेटौंडा कपडा उद्योग सेना,प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पून सञ्चालन गर्न लागिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिए । ‘उद्योगबाट शुरुमा सेना,प्रहरी, कर्मचारी र स्कुलका पोसाकहरु बनाउने योजना छ’ उनले भने ।

जसअनुसार सेना, प्रहरी तथा जनपथको २५ २५ प्रतिशत सेयर राख्नेबारे छलफल भइरहेको मन्त्री जोशीले जानकारी दिए । सेनासँग कपडा उत्पादनका लागि विज्ञहरु भएकोले त्यसको जिम्मा उनीहरुलाई दिन लागेको उनले जानकारी दिए । हेटौडा कपडा उद्योग सञ्चालनका लागि करिव २ अर्व रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

दोश्रो चरणमा नीति लगानीकर्तालाई समावेश गरिने मन्त्री जोशीले जानकारी दिए । उद्योगमा हाल ४० प्रतिशत काम लाग्ने मेसिनहरु छन् । त्यस्तै नेपाल औषधी लिमिटडबाट औषधी उत्पादन चाँडै नै शुरु गरिने मन्त्री जोशीले जानकारी दिए । ‘उत्पादनको केही प्रावधान छन् ’ उनले भने ‘त्यो पुरा भएसँगै औधषी उत्पादन शुरु गरिने छ ।’

याता बुटवल धागो कारखाना र विरगञ्ज चिनी उद्योग भने खुल्ला प्रतिशपर्धाबट निजी क्षेत्रलाई दिइने उनले जानकारी दिए । बुटवल धागो कारखाना २०६६ सालदेखि बन्द रहेको छ । त्यस्तै चिनी उद्योग २०६१ भदौ देखि बन्द छ । उद्योगमा १ सय ९३ जनाले अवकास नलिएकोले शुरुमा त्यसको व्यवस्थापन गरेर मात्र काम अघि बढाइने बताइएको छ ।

क्षमता भएका तथा सस्टेन गर्न सक्ने उद्योगलाई प्राथमिकता दिइने मन्त्री जोशीले बताए । उनका अनुसार उद्योगले उत्पादन शुरु गरेपछि मात्र लिजको भाडा लिइने छ । त्यसैगरी सरकारले गोरखकाली रवर उद्योगलाई सार्वजनिक नीजि साझेदारीमा चलाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्