Logo

नेपाल औषधिको उत्पादन ३ महिनाभित्र बजारमा, पहिलो चरणमा ८ प्रकारका उत्पादन

नेपाल औषधिको उत्पादन ३ महिनाभित्र बजारमा, पहिलो चरणमा ८ प्रकारका उत्पादन


बिजखबर संवाददाता
0
Shares

नेपाल औषधि लिमिटेडले आगामी ३ महिना भित्र आफ्नो उत्पादन बजारमा ल्याउने भएको छ । लामो समयदेखि बन्द रहेको सो उद्योगलाई नेपाल सरकारले संचालन गर्ने निर्णयसँगै औषधि उत्पादन शुरु गर्न लागेको हो ।

नेपाल औषधिबाट आगामी २/३ महिना भित्रै केही औषधि उत्पादन गरिने उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए । ‘हामीले औषधि उत्पादनका लागि डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेका छौं,’ मन्त्रायलमा आयोजित पत्रकार सम्मेलनमा जोशीले भने, ‘सो समयभित्र केही उत्पादन बजारमा आउने छ ।’

जोशीका अनुसार औषधि लिमिटेडले पहिलो चरणमा सिटामोल, नेपोक्स्लीन, कफनास, अल्वेण्डाजोल, जिवनजल, एमजिट, आइरन चक्की र कफहिस्ट उत्पादन गर्ने छ ।

२०६७ सालदेखि पूर्ण रुपमा बन्द रहेको सो उद्योग संचालनका लागि नेपाल सरकारले १४ करोड ६५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्