Logo

औषधि लिमिटेड पुन संचालनमा ल्याइदै, सरकारले १४ करोड ६५ लाख रुपैयाँ ऋण लगानी गर्ने

औषधि लिमिटेड पुन संचालनमा ल्याइदै, सरकारले १४ करोड ६५ लाख रुपैयाँ ऋण लगानी गर्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकारले नेपाल औषधी लिमिटेड पुन संचालनमा ल्याउने भएको छ । आइतवार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निणर्य गरेको हो ।

सरकारले नेपाल औषधी लिमिटेडलाई अन्तरराष्ट्रिय मापदण्ड अनुसार संचालन गर्नका लागि हाललाई सरकारले १४ करोड ६५ लाख रुपैयाँ ऋण स्वरुप लगानी गर्न लागेको बताइएको छ ।

निणर्यअनुसार पहिलो चरणमा सो उद्योगले सरकारले अत्यावश्यकीय सूचिमा राखेको ४८ प्रकारका औषधी उत्पादन गर्ने उद्योग मन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए । सो उद्योगबाट उत्पादित औषधी स्वयम सरकारले खरीद गर्ने भएकोले बजारको समस्या नरहने र ऋण पनि समयमै तिर्न सक्ने मन्त्रीको भनाई छ ।

त्यस्तै पर्याप्त ऋण रकम आवश्यकता अनुसार कम्पनीको अन्तरराष्ट्रिय स्तरको भौतिक संरचना एवं मेसिन उपकरण खरीदमा खर्च गरिने छ । उद्योगलाई खुला प्रतिशपर्धाबाट विज्ञहरुको छनौट गरी निश्चित अवधी तोकी व्यवस्थापन करार मार्फत संचालन गरिने मन्त्रि परिषदको निणर्य छ ।

हाल उद्योगमा ८७ जना कर्मचारी छन् । स्वेच्छिक अवकास मार्फत कम गरी आवशयक पर्ने १९ जना विज्ञ थप गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्