Logo

उदयपुरल सिमेन्टले गर्यो एकैपटक १९ एजीएम, उद्योग जोगाउन आग्रह

उदयपुरल सिमेन्टले गर्यो एकैपटक १९ एजीएम, उद्योग जोगाउन आग्रह


बिजखबर संवाददाता
0
Shares

सरकारी स्वामित्वको उदयपुर सिमेण्ट उद्योग लिमिटेडको एकैपटक १९ ओटा वार्षिक साधारणसभा (एजीएम) सम्पन्न गरेको छ । उद्योगले उद्योग मन्त्रालयमा बिहीवार प्रथम देखि उन्नाईसौं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

300_8129
उक्त अवसरमा उद्योग मन्त्री नविन्द्रराज जोशीले सरकारी स्वामित्वका उद्योगहरु नाफामा चल्न नसक्नुका कारणबारे सुक्ष्म ढंगले अध्ययन गर्ने बताए । त्यस्तै,  मन्त्रालयको तर्फबाट  उद्योगलाई आबश्यक पर्ने सवै सहयोग गर्न आफू तयार रहेको जनाए ।
उद्योग सचिव शंकर प्रसाद कोइरालाले संस्थान र तीन प्रमुखले कुरा भन्दा काम बढी गर्नुपर्नेमा जोड दिए । उदयपुर उद्योग संचालन भएको २४ वर्ष पछि मात्र साधारणसभा आयोजना भएको प्रति आश्चर्य प्रकट गर्दै उनले काम गर्न निर्देशन दिए । संचालक समिति सदस्य सुवाश राउतले खरिद प्रक्रिया सरलीकरणका लागि उद्योग मन्त्रालयसँग सहयोगको अपेक्षा राखे । उनले उद्योगलाई जोगाउन आग्रह समेत गरे ।
यूनियनहरुका तर्फवाट चक्र बहादुर कार्कीले उद्योगले व्यहोरीरहेको समस्याहरुका बारेमा अवगत गराए । उद्योगमा विद्युत आपूर्तिमा अनियमितता, झन्झटिलो खरिद प्रक्रिया तथा मजदुर कर्मचारीहरुको समस्या रहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्