Logo

सिएनआईले गर्यो सेज विधेयकको स्वागत, उद्योगको लगानीमा उत्साह थपिएको भनाई

सिएनआईले गर्यो सेज विधेयकको स्वागत, उद्योगको लगानीमा उत्साह थपिएको भनाई


बिजखबर संवाददाता
0
Shares

नेपाल उद्योग परिसंघले संसदबाट विशेष आर्थिक क्षेत्र (सेज)को विधेयक स्वागत गरेको छ । परिसंघले मंगलवार विज्ञप्ती निकालेर सेज विधेयकको स्वागत गरेको हो । व्यवस्थापिका संसदको सोमवारको वैठकले सेजको विधेयक पारित गरेको थियो ।
परिसंघले संसदबाट सेज विधेयक पारित भएपछि निजी क्षेत्र उत्साहित भएको जनाएको छ । यसले उद्योगमा लगानी गर्न उत्साह थपेको परिसंघले विश्वास लिएको जनाएको छ । ढिलै भएपनि सेज विधेयक पारित हुनु आर्थिक विकासका लागि महत्वपूर्ण थालनी भएको परिसंघले जनाएको छ । ‘निजी क्षेत्रको आग्रहमा ढीलै भएपनि सेजको विधेयक पारित भएको छ’ विज्ञप्तीमा भनिएको छ, ‘यसले सेज सञ्चालनमा नायँ बाटो खोलेको छ ।’

प्रतिक्रिया दिनुहोस्