Logo

पञ्चकन्या ग्रूप वातावरण संरक्षण अभियानमा, सीएसआरअन्तर्गत गोडमेल र सरसफाई

पञ्चकन्या ग्रूप वातावरण संरक्षण अभियानमा, सीएसआरअन्तर्गत गोडमेल र सरसफाई


बिजखबर संवाददाता
0
Shares

पञ्चकन्या ग्रपले वातावरण संरक्षण अभियान शुरु गरेको छ । ग्रूपले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व वृक्षरोपन, गोडमेला तथा सरसफाई गरेर वातावरण प्रवद्र्धनको काम गरेको हो । कम्पनीले शुक्रवार ललितपुरको जावलाखेल, कोपुण्डोल तथा काठमाडौंको सिंहदरबार, त्रिपुरेश्वर र भृकुटी मण्डपको मूल सडकका पेटीमा रोपिएका बिरुवाहरु गोडमेल, का“टछा“ट, मलजल तथा सो स्थान वरपर सरसफाई गरेको हो ।

20160819_160739

बढ्दो वातावरण विनाशलाई थोरै मात्रामा भएपनि कम गर्न वृक्ष गोडमेल तथा सरसफाई गरेको ग्रूपले जनाएको छ । कम्पनीले ललितपुर उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाको सहकार्यमा उक्त स्थानहरुमा विरुवा रोपी ग्रुपको तर्फबाट ट्र–गार्ड राखी संरक्षण तथा हेरचाह हु“दै आएको छ । उक्त कार्यव्रmममा ग्रुपका सबै तहका कर्मचारीहरु गरी ८० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्