Logo

क्षमता बिस्तारमा अर्घाखाँची सिमेन्ट, डेढ बर्षभित्र उत्पादन दोब्बर बनाउने लक्ष्य

क्षमता बिस्तारमा अर्घाखाँची सिमेन्ट, डेढ बर्षभित्र उत्पादन दोब्बर बनाउने लक्ष्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अर्घाखाँची सिमेन्टले आफ्नो क्षमता विस्तार गर्ने भएको छ । कम्पनीले उत्पादन प्रति दिन ६० हजार बोरा सिमेन्ट र्पुयाउने गरि क्षमता विस्तार गर्न लागेको हो । उद्योगले दैनिक २४ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएकोमा अबको डेढ वर्ष्भित्रै उत्पादन दोब्बर भन्दा बढी बनाउन लागेको हो ।

डेढ वर्षअघि संचालनमा आएको उद्योगले हाल दैनिक १२ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको । शुक्रबार उद्योगले गरेको कार्यक्रम ‘अ इयर अफ सक्सेस’ मा बोल्दै कम्पनीका निर्देशक पशुपति मुरारकाले यस्तो जानकारी दिए । साथै आफ्नो स्थापनाको छोटो समयमा अर्घाखाँची सिमेन्टले असम्भवलाई सम्भव बनाएको बताए ।

मुरारकाले छोटो समयमा नै गुणस्तरीय सिमेन्टले थुप्रै उपभोक्ताको मन जितेको र देशकै नम्बर एक सिमेन्ट बन्ने बाठोमा अघि बढेको बताए।अर्घाखाँची सिमेन्टले एउटै मिलबाट सबैभन्दा धेरै ओपिसी सिमेन्ट उत्पादन गर्छ ।

प्रतिक्रिया दिनुहोस्