काठमाडौं । लाइफबाय, सर्फ एक्सेल, क्लोजअप, लिरिल, पेप्सोडेन्ट, रिन, व्हील…एउटा लामो सूची बन्न सक्छ जो हरेक घरमा प्रयोग भइरहेका छन् । यी सबै उत्पादनहरू उत्पादन गर्ने कम्पनी हो ‘हिन्दुस्तान युनिलिभर’ अर्थात एचयूएल । जसका उत्पादनहरू नेपाल तथा भारतका १० मध्ये ९ घरहरूमा दैनिक काममा प्रयोग गरिन्छ । ९० वर्षदेखि भारतमा रहेको भारतको सबैभन्दा ठूलो एफएमसीजी कम्पनी, हिन्दुस्तान युनिलिभर लिमिटेड नामले भारतीय लागेपनि यसको स्वामित्व भने बेलायत र नेदरल्याण्डमा छ ।
एंग्लो–डच कम्पनी
हिन्दुस्तान युनिलिभरको मूल कम्पनी युनिलिभर हो । युनिलिभरको स्थापना सन् १८८८ मा भएको थिया । बेलायतका ‘लिभर ब्रदर्स’ ले साबुन बनाउन लिभर ब्रदर्स कम्पनी खोलेका थिए । कम्पनीको सनलाइट साबुन छोटो समयमा नै चर्चित भयो । प्रसिद्धि यति धेरै भयो कि भारतका हरेक घरमा पुग्यो । त्यसपछि सन् १९३० मा भारतमा स्वदेशी आन्दोलन उत्कर्षमा थियो । योसँगै युनिलिभरको साबुनको बिक्री पनि घट्न थाल्यो । घट्दो बिक्री देखेर, लिभर ब्रदर्सले नेदरल्यान्ड्सको मार्जारिन युनि (जसले भारतमा डाल्डा बेच्दै आएको थियो) सँग सहकार्य गर्दै युनिलिभर लिमिटेड कम्पनी स्थापना गरे । नेदरल्यान्ड्स कम्पनीको डाल्डा हिन्दुस्तान वनस्पति म्यानुफ्याक्चरिङ कम्पनीको नाममा बिक्री हुँदै आएको थियो । यसैको फाइदा उठाउँदै लिभर ब्रदर्सले स्वदेशी आन्दोलनबाट आफूलाई बचाए ।
युनिलिभर नेपाल लिमिटेड’ स्थापना
सन् १९३३ मा युनिलिभरले भारतमा आफ्नो जग बसालेपछि कम्पनीले सन् १९३४ मा मुम्बईको सेवरीमा आफ्नो पहिलो साबुन कारखाना खोल्यो । यतिबेला युनिलिभरका तीन कम्पनी हिन्दुस्तान वनस्पति उत्पादन कम्पनी, लिभर ब्रदर्स इन्डिया लिमिटेड र युनाइटेड ट्रेडर्स लिमिटेड छुट्टाछुट्टै सञ्चालनमा थिए ।
अन्ततः यी तीनलाई नोभेम्बर सन १९५६ मा गाभेर एचएलएल अर्थात् हिन्दुस्तान लिभर लिमिटेड बनाउन एकसाथ मर्ज गरियो । त्यतिबेला एचएलएलले आफ्नो कम्पनीमा १०% इक्विटी भारतीयहरूलाई प्रस्ताव गरेको थियो र चाँडै नै चर्चामा आयो । सान २००७ मा, कम्पनीले आफ्नो नाम हिन्दुस्तान युनिलिभर लिमिटेड अर्थात एयूएलमा परिवर्तन गर्यो ।
एययूएल कम्पनीको नाम स्थापना भएसँगै ‘हिन्दुस्तान युनिलिभर लिमिटेड’ ले सन् १९७२ मा लिप्टन कम्पनीलाई पहिलो पटक प्राप्ति गरेको थियो । र सन १९७७ मा कम्पनी लिप्टन टी लिमिटेड नाम अन्तर्गत भारतमा स्थापित भएको थियो । सन् १९८६ मा एचयूएलले भारतमा पहिल्यै अवस्थित पोन्ड्स लिमिटेड पनि किनेको थियो । यसको सफलतालाई ध्यानमा राख्दै सन १९९२ मा एचयूएलले नेपालमा ‘युनिलिभर नेपाल लिमिटेड’ नामको सहायक कम्पनी पनि स्थापना गर्यो ।
टाटाको कम्पनी खरिद गरेपछि साम्राज्य तीव्र गतिमा बढ्यो
सन् १९९१ पछिको अवधि भारतीय अर्थतन्त्रको वृद्धिको अवधि थियो । विदेशी कम्पनीका लागि बजार खुल्यो । त्यही बेला देशको सबैभन्दा ठूलो कम्पनी टाटाले आफ्नो तेल र साबुन व्यवसायबाट बाहिर निस्कने प्रयास गरिरहेको थियो । एचयूएल भारतमा प्रवेश गर्दा, यसको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी टाटा कम्पनी थियो । यद्यपि, १९९४ मा टाटाले आफ्नो सहायक टाटा आयल मिल्स एचयूएललाई बेच्यो । त्यसपछि १९९६ साल आयो जब युनिलिभरले सौन्दर्य सामग्री उत्पादन बजारमा प्रवेश गर्यो । एचयूएलले टाटाको अर्को कम्पनी ल्याक्मे लिमिटेडको ५० प्रतिशत सेयर किनेको थियो । पछि १९९८ मा ल्याक्म एक पूर्ण एचयूएल ब्रान्ड भयो । हाल, एचयूएल ले टेकओभर र मर्जरमार्फत विभिन्न वर्गहरूमा ५० भन्दा बढी ब्रान्डहरूको स्वामित्व राखेको छ ।
भारतमा सफल हुनुको पछाडिको व्यवसायिक मोडेल
हिन्दुस्तान युनिलिभरको व्यवसायिक मोडेल जनताको जीवनलाई दिगो बनाउने विचारबाट प्रेरित छ । यसको सौन्दर्य र व्यक्तिगत हेरचाह सेगमेन्ट कम्पनीको लागि सबैभन्दा लाभदायक छ । जबकि यसको फूड र रिफ्रेसमेन्ट खण्ड कम्पनीको सबैभन्दा द्रुत बृद्धि हुने खण्ड हो । एचयूएल भारतमा सफल हुनुको मुख्य कारण अन्य विदेशी सहायक कम्पनीहरूको तुलनामा देशको निम्न र निम्न मध्यम वर्गमा केन्द्रित हुनु हो । एचयूएल पटकपटक विवादका कारण पनि चर्चामा आएको छ ।
पाराबाट प्रदूषण फैलाएको आरोप
हिन्दुस्तान युनिलिभरको तमिलनाडुको कोडाइकनालमा थर्मोमिटर कारखाना थियो । सन् २००१ मा उक्त कारखानाले कोडैकनाल तालमा पारा दूषित गरेको आरोप लागेको थियो । स्थानीय गैरसरकारी संस्था र ग्रीनपीसको विरोधका कारण केही महिनाभित्रै कारखाना बन्द भयो । कम्पनीले २००२ को एक रिपोर्टमा स्वीकार गर्यो कि यसले पाराको फोहोर फ्याँकेको थियो ।
छालालाई गोरो बनाउने क्रिमको विवाद
अहिले हिन्दुस्तान युनिलिभरको ‘ग्लो एन्ड लभ्ली’ (पहिले फेयर एण्ड लभ्ली) भारतमा छालालाई गोरोे बनाउने क्रिमको शीर्ष ब्रान्ड हो । तर, कम्पनीले आफ्नो उत्पादनका लागि धेरै विवादको सामना गर्नुपरेको थियो । सन २००८ मा टेलिभिजन विज्ञापनहरूले दुःखी, कालो छाला भएका महिलाहरूलाई चित्रण गरेको थियो जसलाई पुरुषहरूले बेवास्ता गरेका थिए । भारतभर यसको आलोचना भए पछि यो बन्द विज्ञापन गर्नुपरेको थियो । धेरै वर्षदेखि, क्रिम र कम्पनी विवादमा थिए । विवाद कम गर्न २०२० मा कम्पनीले ब्रान्डबाट फेयर शब्द हटाउँदै फेयर एन्ड लभ्लीबाट ग्लो एन्ड लभ्लीमा क्रिमलाई रिब्रान्ड गर्यो ।
सर्फ एक्सेलको विज्ञापन विवादमा
सन् २०१९ मा होलीमा सर्फ एक्सेलको विज्ञापनलाई लिएर सामाजिक सञ्जालमा हंगामा मच्चिएको थियो । विज्ञापन मार्फत हिन्दु र मुस्लिमबीच भाइचाराको सन्देश दिन खोजेको भन्दै कम्पनीलाई नराम्रोसँग ट्रोल गरिएको थियो र ब्रान्ड बहिष्कार गर्न माग गरिएको थियो । यति मात्र होइन, सर्फ एक्सेलको विज्ञापनमा लभ जिहादलाई समर्थन गरेको आरोप लागेको थियो । यद्यपि विवादपछि पनि कम्पनीले यो विज्ञापन हटाएको छैन । अनुवाद गरिएको