Logo

भैरहवा क्षेत्रमा उद्योग सञ्चालनका लागि आरएफपी माग,जुन १ सम्मको समय सिमा

भैरहवा क्षेत्रमा उद्योग सञ्चालनका लागि आरएफपी माग,जुन १ सम्मको समय सिमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भैरहवा स्थित विशेष आर्थिक क्षेत्रमा उद्योग सञ्चालनका लागि आवह्वान गरिएको छ । उद्योग मन्त्रालय अन्तर्गतको विशेष आर्थिक क्षेत्र विकास समितिले इच्छुक लगानीकर्ता तथा व्यवसायीहरुलाई रिक्वेष्ट फर प्रपोजल (आरएफपि) का लागि आवह्वान गरेको हो ।

समितिले सो क्षेत्रमा उद्योग व्यवसाय सञ्चालन गर्न चाहने स्वदेशी तथा विदेशी कम्पनीलाई आरएफपी तयार गर्न सूचना जारी गरेको बताइएको छ । सो क्षेत्रमा गर्नका लागि न्यूनतम २० लाख लगानी गर्नुपर्ने प्रावधान छ ।

त्यस्तै सो क्षेत्रमा स्थापित उद्योगबाट उत्पादित उत्पादनको ७५ प्रतिशत निर्यात हुनुपर्ने छ । इच्छुकले प्राविधिक दक्षता, आर्थिक क्षमता तथा अनुभवलगायत पेस गर्नुपर्ने बताइएको छ ।

रिक्वेष्ट फर प्रपोजल विशेष आर्थिक क्षेत्र विकास समिति बबरमहलको ठेगानामा पठाउन सकिने छ । आगामी जुनसम्मका लागि खुल्ला गरिएको छ ।
साथै सो क्षेत्रको भाडा मासिक २० रुपौयाँ प्रतिमिटर तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL