Logo

परिसंघको साधारणसभामा प्रधामन्त्रीले भने, ‘हिजोका दिनमा जस्तो निजीकरणका नाममा गडवडीकरण हुन दिन्न’

परिसंघको साधारणसभामा प्रधामन्त्रीले भने, ‘हिजोका दिनमा जस्तो निजीकरणका नाममा गडवडीकरण हुन दिन्न’


बिजखबर संवाददाता
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलिले उद्योग धारसायी हुने गरी निजीकरण नगरिने बताएका छन् । नेपाल उद्योग परिसंघको १३ औं वार्षिक साधारणसभालाई बिहीवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हिजोका दिनमा सरकारी उद्योग निजीकरण गरियो’ उनले भने, ‘वास्तवमा त्यो निजीकरण नभई गडबडीकरण गरियो ।’ निजीकरणको नाममा गरिएको गडबडीकरणले उद्योगहरु झन धारासायी भएको उनलदे बताए । सरकारले अबका दिनमा उद्योग धारसायी हुने गरी निजीकरण नगर्ने उनको भनाई थियो ।

उक्त अवसरमा प्रधानमन्त्री ओलिले सरकार निजी क्षेत्रको साथमा रहेको बताए । ‘अहिलेको सरकार तपाईहरुको साथमा छ’ उनले भने, ‘लगानीमैत्री वातावरण बनाउन सरकार तयार छ तपाईहरु अघि बढ्नुस ।’

परिसङ्घ र एशोच्यामबीच सम्झौता

यसैबीच नेपाल उद्योग परिसंघ र एशोसिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डष्ट्रि अफ इण्डिया (एशोच्याम)बीच द्विदेशीय व्यापारिक साझेदारी गर्ने सम्झौता भएको छ । दुई मुलुकका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाबीच नेपाल र भारत औद्योगिक व्यवसायमा लगानी साझेदारी बढाउने र द्विदेशीय व्यापार समन्वय बढाउने सम्झौता भएको हो ।

काठमाडौंमा बिहीवार आयोजित परिसङ्घको १३ औं बार्षिक साधारण सभाका अवसरमा परिसंघ र एशोच्यामबीच द्विदेशीय व्यापारिक साझेदारी गर्ने सम्झौता भएको हो । सम्झौता पत्रमा एशोच्यामका तर्फबाट महासचिव डीएस राउत र परिसङ्घका तर्फबाट महानिर्देशक मेघनाथ न्योपानेले हस्ताक्षर गरेका छन् । यस सम्झौतासंगै एशोच्यामले नेपालमा पनि च्याप्टर खोल्ने भएको छ ।

नयाँ नेतृत्व शुक्रवार

परिसङ्घको सधारणसभाले शुक्रवार नयाँ नेतृत्व चयन गर्ने छ । परिसङ्घको विधान अनुसार बाहालवाला वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ । यसर्थ, अब परिसंघको अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा हुने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL