Logo

औद्योगिक व्यवसायिक ऐन छिटै ल्याइदै, संशोधनका लागि सुझाव दिन उद्योगमन्त्रीको आग्रह

औद्योगिक व्यवसायिक ऐन छिटै ल्याइदै, संशोधनका लागि सुझाव दिन उद्योगमन्त्रीको आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले औद्योगिक व्यावसायिक ऐन चाँडो ल्याउने गृहकार्य भइरहेको बताएका छन् ।

नेपाल कुरियर सेवा संघको २१औँ वार्षिक साधारणसभामा उनले यस्तो जानकारी दिएका हुन् । साथै सो ऐन सदनमा रहेकाले संशोधनका लागि आवश्यक सुझाव दिन व्यवसायीलाई आग्रह गरे ।

मन्त्री पाण्डेले समाजमा कुरियर सेवाको महत्व बढ्दै गएकाले त्यसलाई व्यवस्थित बनाउन आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठलगायतले अहिले भइरहेको इन्धन अभावले उद्योगधन्दालाई नराम्ररी प्रभावित पारेकाले चाँडै त्यसको विकल्प खोज्न सरकारसँग आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्