Logo

केडिया अर्गनाइजेशनका अध्यक्ष हिरालाल केडियाको निधन

केडिया अर्गनाइजेशनका अध्यक्ष हिरालाल केडियाको निधन



काठमाडौँ । वीरगन्जका चर्चित उद्योगी हिरालाल केडियाको निधन भएको छ । वीरगन्जका चर्चित उद्योगीको रुपमा हिरालाल केडियालाई चिनिन्छ । केडिया अर्गनाइजेसनका वरिष्ठ व्यक्तित्व रुपमा चिनिएका सक्रिय समाजसेवी केडियाको ८६ वर्ष उमेरमा निधन भएको हो । औद्योगिक घराना केडिया अर्गानाइजेसनका अध्यक्ष रहेका २४ फागुनमा ह्याम्स अस्पतालमा निधन भएको हो ।

हिरालाल केडियाको संरक्षणमा केडिया डेन्टल अस्पताल, केडिया आँखा अस्पताल जस्ता स्वास्थ्य संस्थालगायत विभिन्न सामाजिक संघसंस्थाहरुले सेवा दिँदै आइरहेका छन् । उनी मारवाडी सेवा ट्रष्टका अध्यक्ष समेत थिए ।

दिवंगत केडियाको अन्तिम संस्कार सर्लाहीको बाग्मती नदी किनारामा गरिएको छ । अन्तिम संस्कारमा दिवंगत केडियाप्रति मधेश प्रदेशका मुख्यमन्त्री लगायत विशिष्ट उधोगी व्यवसायी एवं जनताले उपस्थित भई श्रद्धाञ्जली दिएका थिए ।

केडियाले नारायणी उपक्षेत्रीय अस्पतालको अध्यक्ष भई दूई कार्यकाल काम गरेका थिए । उनकै कार्यकालमा नारायणी उपक्षेत्रीय अस्पतालले परिवर्तनको काँचुली फेरेको थियो ।

अत्यन्त मिलनसार, निष्ठावान केडिया, केडिया अस्पताल वीरगंजका समेत अध्यक्ष थिए । उनका चार छोराहरु रमेश, सुरेश, राजेश, बिमल र श्रीमति पर्मेश्वोरी देवी केडियाको छन् । बिमल केडिया संविधानसभा सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL