Logo

एमसीसीबारे चेम्बरको धारणा सार्वजनिक, परियोजनाको सफल कार्यन्वयनबाट आर्थिक विकास

एमसीसीबारे चेम्बरको धारणा सार्वजनिक, परियोजनाको सफल कार्यन्वयनबाट आर्थिक विकास



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसीसंगको परियोजना सम्झौतालाई प्रभावकारी कार्यन्वयन गर्न आग्रह गरेको छ । प्रतिनिधिसभाबाट अनुमोदन भईसकेको सो सहयोग सम्झौतालाई एमसीसीको मुख्यालयले पनि स्वीकार गरिसकेकाले अव कार्यान्वयन पाटो चुस्त बनाउन चेम्बरले आग्रह गरेको हो ।

प्रशारण लाइन निर्माणले मुलुकको बिद्युत व्यापारलाइ टेवा प्रदान गर्ने हुँदा उर्जा क्षेत्रमा लगानी वढ्ने आशा राखेको र सडक पूर्वाधारको स्तरोन्नतीले व्यापारमा सहजीकरण ल्याउने भएकाले परियोजना कार्यान्वयनमा ल्याउन चेम्बरले आग्रह गरेको हो । ५० करोड अमेरिकी डलर र नेपाल सरकारले १३ करोड डलर लगानी गर्ने परियोजनाको सफल कार्यन्वयनबाट आगमी पाँच वर्षमा नमुना विकासको आधार प्रस्तुत हुनुपर्ने चेम्बरको भनाई छ ।

एमसीसी परियोजना अन्तरर्गत निर्माण हुने ४ सय केभी क्षमताको शंखरापुर लप्सेफेदी लप्सेफेदी–रातामाटे, रातामाटे–हेटौंडा, दमौली–बुटवल प्रसारण लाइन र सवस्टेसन निर्माणबाट मुलुकको आन्तरिक विद्युत प्रणाली र अन्तरदेशीय विद्युत व्यापारका लागि कोशेढुङ्गा सावित हुने अध्यक्ष राजेन्द्र मल्लले बताए । ५० करोड डलर बराबरको सो आर्थिक परियोजना मुलुकको विकास तथा रोजगारी सिर्जनाका लागि महत्वपुर्ण आधार हुने अध्यक्ष मल्लको भनाई छ । ‘एमसीसी परियोजना बन्ने आधार खडा भएको छ । यसले निजी क्षेत्रमा पनि उत्साह जगाएको छ’, । उनले भने, यो विशुद्ध आर्थिक परियोजनाको पाँच वर्षभित्रमा सफल कार्यन्व्यन गरि आर्थिक समृद्धि तथा नमुना योजनाका रुपमा विकास गरिनुपर्दछ, ।’

चेम्बर अफ कमर्सले वुधबार विज्ञप्ति जारी गर्दै एमसीसी परियोजना कार्यन्वयनमा सरकार र सरोकारवाला हातेमालो गरेर अघि वढ्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई समेत समयमै सम्पन्न गर्ने वातावरण बनाउन पनि चेम्बरले आग्रह गरेको छ । सम्झौता अनुमोदनले नेपालको विकास प्रतिको प्रतिवद्धताको सन्देश सम्प्रेषण हुने तथा लगानीको वातावरण बनाउन सहयोग पुग्ने अपेक्षा चेम्बरले गरेको छ ।

कोभिड–१९ महामारीका कारण सुस्त रहेको अर्थतन्त्रलाइ एमसिसी कम्प्याक्ट अनुमोदनद्धारा राहत प्रदान हुने समेत चेम्बरले जनाएकोे छ । अर्थतन्त्रको सम्भावित मेरुदण्डको रुपमा रहेको विद्युत् आयोजनाको लागि अति आवश्यक रहेको प्रसारण लाइन निर्माण र सडक मर्मत आयोजना रहेको हुँदा यस परियोजनाको महत्वपूर्ण भूमिका रहेको छ । मुलुकको समग्र ऊर्जा क्षेत्रको विकास र विस्तारमा मूल समस्याको रूपमा रहेको प्रसारण लाइनको अभाव एमसिसी परियोजना कार्यान्वयन भएसँगै न्यूनीकरण हुने चेम्बरले जनाएको छ । आर्थिक विकास, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधार गर्नेतर्फ एमसीसी परियोजना महत्वपुर्ण आधार हुने चेम्बरले विश्वास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL