अपि पावर कम्पनीले कात्तिक १४ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद जारी गर्न लागेको हो ।
कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.४७ कित्ता शेयर को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने बताएको छ ।
कम्पनीले हकप्रद निष्काशनका लागि २०७६ चैत १ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार फागुन ३० गतेसम्म कायम कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।