Logo

बूढीगण्डकी आयोजनाद्वारा मुआब्जा वितरण, विस्तृत अध्ययन प्रतिवेदन तयार हुँदै

बूढीगण्डकी आयोजनाद्वारा मुआब्जा वितरण, विस्तृत अध्ययन प्रतिवेदन तयार हुँदै


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२ साउन,काठमाडौं । जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाले अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न थालेको छ । गोरखाको घ्याल्चोक गाविस– ९ स्थित सिउरेनीटारका जग्गाधनीहरुलाई मुआब्जा वितरण शुरु गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमार्फत जग्गाधनीलाई मुआब्जा वितरण गरिएको छ ।

कार्यालय भवन निर्माणका लागि आयोजनाले १ सय ३३ रोपनी जग्गा स्थानीयबाट अधिग्रहण गरेको छ ।

प्रतिरोपनी रू. सात लाख ९५ हजारका दरले मुआब्जा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले जानकारी दिए ।

आयोजनाले ३७ जना स्थानीयवासीको जग्गा अधिग्रहण गरेको हो । त्यसमध्ये ३० जनालाई मुआब्जा वितरण गरेको बताइएको छ । ‘बाँकी सात जनालाई पनि चाँडै नै वितरण गरिने उनले जानकारी दिए । सातजनाको जग्गा बैंकमा रोक्का रहेकाले फुकुवा गरेपछि मात्रै मुआब्जा दिने प्रशासन कार्यालयले जनाएको छ ।

पहिलो पटक चैत १२ गते सूचना प्रकाशन गरेर २७ जनाको र दोस्रो पटक जेठ २० गते सूचना जारी गरेर १० जनाको जग्गा अधिग्रहण गरिएको हो । अधिग्रहण गरिएको जग्गाको मुआब्जा रु १० करोड ६६ लाख १० हजार वितरण गर्ने तयारी आयोजनाले गरेको छ । आठ वर्ष्भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार हुँदैछ । साथै चारवटा परीक्षण सुरुङ खनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL