Logo

मध्य मरस्याङ्दी जलविद्युत् आयोजनाको विद्युत उत्पादन घट्यो, अझै विद्युत् उत्पादन घट्ने

मध्य मरस्याङ्दी जलविद्युत् आयोजनाको विद्युत उत्पादन घट्यो, अझै विद्युत् उत्पादन घट्ने



काठमाडौं । मस्र्याङ्दी नदीमा पानीको बहाव घट्दै जाँदा मध्य मरस्याङ्दी जलविद्युत् आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन घटेको छ । बेंसीशहर नगरपालिका–१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको सो आयोजनाको उत्पादन ४५ मेगावाटमा झरेको छ । आयोजनामा ३५÷३५ मेगावाट क्षमताको दुई वटा टर्वाइन रहेका छन् । आयोजनाका प्रमुख शिवकुमार शाहले भने, ‘पानी कम भएकाले मङ्सिरको पहिलो साताबाट विद्युत् उत्पादन घट्न थालेको र अझै विद्युत् उत्पादन घट्ने क्रममै रहेको छ ।’

सन् २००८ मा रु २७ अर्ब २० करोड लागतमा निर्माण कार्य सम्पन्न भएको थियो । यसैगरीे ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत घट्न थालेको आयोजनाले जनाएको छ । मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा आयोजनास्थल रहेको सो आयोजना करिव १६ अर्ब रुपैयाँमा निर्माण सम्पन्न भएको थियो ।

त्यस्तै पाँच मेगावाटको सिउरी, ४।४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र २ मेगावाटको छ्याङ्दी आयोजनाबाट समेत बिजुली उत्पादन कम हुने क्रममा रहेको बताइएको छ । मध्य मरस्याङ्दी, माथिल्लो मस्र्याङ्दी ‘ए’ र यी आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL