Logo

अझै सुचारु भएन बुढीगण्डकीको अध्ययन, बिशेषज्ञलाई देखाएर मात्र काम सुरु गरिने

अझै सुचारु भएन बुढीगण्डकीको अध्ययन, बिशेषज्ञलाई देखाएर मात्र काम सुरु गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता  

२३ जेठ,काठमाडौं । बुढिगण्डकी जलविद्युत आयोजनाको अध्ययन अन्योलमा परेको छ ।

भुकम्पका कारण क्षतीग्रस्त सो आयोजनाको विस्तृत परियोजना रिपोर्ट तथा टेण्डरको अध्ययन भइरहेको थियो । बैशाख १२ गतेको भुकम्प पश्चात सो आयोजनाको अध्ययन कार्य रोकिएको बुढिगाण्डकी जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक गोपाल बस्नेतले बताए ।

सो आयोजनाको अध्ययनको  जिम्मेबारी फ्रान्सेली कम्पनी ट्रयाकबेल्टले लिएको थियो । ‘ भुकम्पपछी ट्रयाकबेल्टका टोलि आफ्नो देश फर्किएकोले अध्ययन रोकिएको हो’ उनले भने । हालसम्म टोलि कहिले फर्किने भन्ने बारे आफु अनभिज्ञ रहेको उनले प्रष्ट्याए । ‘टोलिले हालसम्म पत्र तथा औपचारिक जानकारी पठाएको छैन ’ उनले भने ।

फ्रान्सेली टोलि भुकम्प पश्चात आयोजनामा सो निर्माणाधिन आयोजनामा क्षती पुगेकोले असुरक्षित भएको भन्दै आफ्नो देश फर्किएका थिए । त्यसपछि  अहिलेसम्म सम्पर्कमा आएका छैनन् । ।

आयोजनामा क्षती पुगेकोले बिशेषज्ञ टोलिलाई देखाएपछी मात्र काम सुचारु गर्ने उनले जानकारी दिए । १२ सय मेगाावाटको सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL