Logo

लिखु खोलामा पाँच वित्तीय संस्थाको लगानी

लिखु खोलामा पाँच वित्तीय संस्थाको लगानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौंं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिले कर्जा लगानी गर्ने गरी बिहीबार कर्जा सुविधा सम्झौतामा हस्ताक्षर गरेको छ ।

रामेछाप र ओखलढुंगा जिल्लाको लिखु खोलामा निर्माण हुने २८ दशमलव १ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंकको अगुवाईमा ५ वटा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले सहवित्तीयरकण अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेका हुन । उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया ५ अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।

जसमा लक्ष्मी बैंकले सबैभन्दा धेरै १ अर्व २४ करोड लगानि गर्ने भएको छ । यसका साथै कुमारी बैंकले १ अर्व लगानि गर्ने भएको हो । सो आयोजनामा सेन्चुरी र प्रभु बैकले क्रमश ः ७५ करोड र ४० करोड लगानी गर्ने भएका छन । जलविद्युत लगानी तथा विकास कम्पनी ले ८० करोड लगानीको सम्झौतामा हस्ताक्षर गरेको छ ।

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र नेपाल विद्युत प्राधिकरणवीच विद्युत खरिद सम्बन्धि सम्झौता मिति २०७३ साल पौष १४ गते भएको थियो । उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट मिति २०७२ साल चैत्र २८ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेको हो । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लाई सानिमा ग्रुप तथा डोल्मा इम्प्याक्ट फण्डले संयुक्त रुपमा प्रबद्र्धन गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आयोजना लागतको ७५ प्रतिशत (४ अर्ब १९ करोड) र वाँकी २५ प्रतिशत कम्पनीका संस्थापक तथा सर्वसाधारणहरुले लगानी गर्ने छन् । उक्त आयोजनाको लागि सहभागी बैंक तथा वित्तीय संस्थाहरुले गर्ने आवधिक कर्जा अन्तर्गतको लगानी निम्न बमोजिम रहेको छ ।

उत्पादन क्षमता २८.१ मेगावाट रहेको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिले झण्डै १ सय ७० दशमलव ८४ गिावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । यसैगरीे आयोजना २०७८ साल मंसिरमा संचालनमा आएपछि स्वतन्त्र उर्जा उत्पादकहरुले उत्पादन गरेको मध्येको एक ठुलो आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्