Logo

कुलमानलाई हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड, हरिमानलाई लाइफ टाइम एचिभमेन्ट

कुलमानलाई हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड, हरिमानलाई लाइफ टाइम एचिभमेन्ट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । हाइड्रो नेपालले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ प्रदान गर्ने घोषणा गरेको छ । मुलुकलाई  लोडसेडिङ मुक्त गर्नको लागि आफ्नो प्राविधिक ज्ञान तथा व्यवस्थापकीय क्षमता प्रदर्शन गरेको भन्दै सम्मान गर्न लागेका हो ।

त्यस्तै हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड डा. हरिमान श्रेष्ठलाई प्रदान गर्ने भएको छ । जलविद्युत् क्षेत्रमा लामो समयदेखि  निरन्तर क्रियाशीलता तथा योगदानको कदर गर्दै प्रदान गर्न लागेको हो । डा. हरिमान श्रेष्ठले सन् १९६६ मा मस्को पावर इन्स्टिच्युटबाट आफ्नो जलस्रोत सम्बन्धी रिसर्चको सिलसिलामा नेपालको जलविद्युत् क्षमता ८३,००० मेगावाट रहेको पत्ता लगाएका थिए ।

Hariman Shrestha

हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड प्राप्तिपछि घिसिङलाई मुलुकबाट लोडसेडिङ पूर्णतयामुक्त गर्न ऊर्जा मिल्ने विश्वास हाइड्रो नेपालको छ। साथै मुलुकलाई आत्मनिर्भर तथा ऊर्जा निर्यात कार्यमा सफल बनाउनको लागि काम गर्न अझ बढी हौसला तथा प्रेरणा मिल्ने अपेक्षा रहेको बताएको छ ।

हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड जलविद्युत्, ऊर्जा तथा वातावरण सम्बन्धमा उच्चतम योगदान दिने व्यक्ति तथा संस्थालाई प्रदान गरिँदै आएको छ ।

अवार्ड छनोटका लागि अवार्ड मूल्यांकन समितिको अध्यक्षमा सूर्यमान शाक्य, भिजिटिङ फ्याकल्टी, काठमाडौं विश्वविद्यालय छन् । त्यस्तै खड्गबहादुर विष्ट, निवर्तमान अध्यक्ष, इपान, एनआरएनएका निवर्तमान अध्यक्ष जीवा लामिछाने, हाइड्रो नेपाल जर्नलका प्रधान सम्पादक उपेन्द्रदेव भट्ट र हाइड्रो नेपालका संस्थापक राजेन्द्रप्रसाद थान्जु रहेका छन् ।अवार्डमा प्रशंसापत्र, ट्रफीको छिट्टै एक विशेष कार्यक्रम गरी प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL