Logo

५० मेवाको माथिल्लो मर्स्याङदीको उत्पादन शुरु, ‘चीन र नेपालवीच सहकार्यको नमुना’

५० मेवाको माथिल्लो मर्स्याङदीको उत्पादन शुरु, ‘चीन र नेपालवीच सहकार्यको नमुना’


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ५० मेगावाटको माथिल्लो मर्स्याङदी जलविद्युत आयोजनाको उत्पादन शुरु भएको छ । सोमवार काठमाडौंमा आयोजीत एक कार्यक्रमवीच उर्जा मन्त्री जनार्दन शर्माले औपचारिक रुपमा शुरु भएको घोषणा गरे ।

लमजुङको भुल्भुले गाविसमा रहेको आयोजना चीनकोे पावर चाइना रिसोर्सेस लिमिटेड र चितवन को–ई समूहको भातृ संस्था सगरमाथा पावर कम्पनी प्रालीको संयुक्त लगानीमा निर्माण भएको हो ।

कार्यक्रममा उर्जामन्त्री शर्माले आयोजना अन्तरराष्ट्रिय लगानीलाई सफलतापूर्वक भित्र्याउने र दुई देशवीच सहकार्यको नमुना भएको बताए । साथै उनले यसले उर्जा क्षेत्रको विकाशका लागि मार्ग निर्देशन गरेको जानकारी दिए । मन्त्री शर्माले यसले नेपालमा लगानीको वातावरण सुरक्षित छ भन्ने पुष्टी समेत गरेको बताए । ‘अपर मर्स्याङदी सञ्चालनमा आएसँगै अन्य राष्ट्रहरु पनि यहाँ लगानी गर्न आकर्षित हुने मेरो विश्वास छ,’ उनले भने ‘ चीनले पनि थप लगानी गर्नेमा ढुक्क छु ।’ सो अवसरमा मन्त्री शर्माले चिसापानी हाइड्रो प्रोजेक्टमा लगानी गर्न चीनलाई सुझाए ।

सिनोहाइड्रो–सगरमाथा पावर कम्पनी प्रालीद्वारा निर्माण, संचालन तथा हस्तान्तरण अवधारणामा कार्यान्वयन गरिएको हो । आयोजनामा चिनीयाँ कम्पनीको ९० प्रतिशत नेपालको कम्पनीको १० प्रतिशत स्वामित्व रहेको छ ।

पावर चाइना रिसोर्सेस लीमिटेड पावर चाइना लिमिटेडको भातृ संस्था हो । माथिल्लो मर्स्याङदी ए जलविद्युत आयोजनाको नेपालमा सुरुवात सिनोहाड्रो रिसोर्सेसले गरेको थियो र अहिले यसको नाम परिवर्तन भई पावर चाइना रिसोर्सेस लिमिटेड भएको छ ।

आयोजना सञ्चालनमा आएसँगै सरकारको लोडसेडिङ घटाउने योजनामा केही योगदान गर्ने आयोजनाका अध्यक्ष राजुबाबु श्रेष्ठले जानकारी दिए । त्यस्तै आयोजना २०१५ सेप्टेम्वरमा सम्पन्न हुनेमा नाकाबन्दी र भुकम्पले केही पर सरेको जानकारी दिए । आयोजनाको निर्माण कार्य २०६९ पुसमा सुरु गरिएको थियो । उनका अनुसार आयोजना निर्माणका लागि १६ अर्व रुपैयाँ लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्