Logo

धादिङमा ४ अर्व लगानीमा सुपर आँखुखोला आयोजना बन्दै, २५ मेवा विजुली निकाल्ने लक्ष्य

धादिङमा ४ अर्व लगानीमा सुपर आँखुखोला आयोजना बन्दै, २५ मेवा विजुली निकाल्ने लक्ष्य


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । धादिङ जिल्लामा सुपर आँखुखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । धादिङको लापा र सेर्तुङ गाविसमा सो अयोजना निर्माण हुन लागेको हो । सो स्थानमा आयोजना निर्माण गर्ने उद्देश्यका साथ उद्योग विभागमा दर्ता भएको छ ।

तातोपानी खोला र म्यानचेट खोलालाई मिलाएर २५ दशमलव ४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजना निर्माण गर्न लागिएको हो । उद्योग विभागको असार ८ गते बसेको बैठकले सो आयोजना सञ्चालन गर्न दिने निणर्य गरेको हो ।

सो आयोजनामा गैरआवासीय नेपाली र यस अघि पनि केही आयोजनामा लगानी गरिसकेका लगानीकर्ताले संयुक्त रुपमा लगानी गर्न लागेको उद्योग विभागका अनुमति शाखा प्रमुख रामप्रसाद लुँईटेलले जानकारी दिए । उनका अनुसार आयोजनामा प्रमुख लगानीकर्ता चार जना छन् ।

गोरक्ष हाइड्रो पावर प्रालिका नाममा निर्माण हुने आयोजना रनअफ रिभरमा आधारित हो । आयोजनजनाले ७५ जनालाई रोजगारी दिने सो आयोजनाको सञ्चालन प्रस्तावमा उल्लेख छ ।

यो आयोजनाको कुल पूँजी ४ अर्ब ३७ करोड ४९ लाख रुपैयाँ रहेको छ । त्यस्तै आयोजनको चालु पुँजी एक करोड १२ लाख रुपैयाँ र स्थिर पूँजी चार अर्ब ३६ करोड ३६ लाख रहने गरि कम्पनी दर्ता गरिएको छ । सुपर आँखुखोला जलविद्युत परियोजनाको वातावरणीय मुल्याङ्कनको काम समेत सकेको छ ।

साथै यो आयोजनाले भौतिक पूर्वाधारको काम यहि बर्षबाट थाल्ने बताइएको छ। मानव वस्ती, समुहको प्रतिस्थापन हुने देखिएमा उचित क्षतिर्पूती दिए पश्चात मात्र आयोजनाको निर्माण कार्य संचालन गर्न पाइने नियम छ ।

प्रतिक्रिया दिनुहोस्