Logo

सिन्धुपाल्चोकको लिपिङ्ग खोलामा १६ मेगावाटको आयोजना बन्ने, ३ अर्व रुपैयाँ खर्च लाग्ने प्रक्षेपण

सिन्धुपाल्चोकको लिपिङ्ग खोलामा १६ मेगावाटको आयोजना बन्ने, ३ अर्व रुपैयाँ खर्च लाग्ने प्रक्षेपण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिन्धुपाल्चोकको तातोपानीस्थित लिपिङ्ग खोलामा हिमरिभर पावर कम्पनीले १६ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । शुक्रवार परियोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने विषयमा सम्झौता भएको कम्पनीका प्रबन्ध सञ्चालक रामकाजी पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार स्वदेशी पुँजी र श्रोतमा निर्माण हुने आयोजनाको निर्माण अब सुरु हुनेछ । आयोजनाको २०७७ बैशाखमा उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणका लागि ३ अर्व रुपैयाँ खर्च लाग्ने प्रक्षेपण गरिएको छ।

आयोजनामा ७० प्रतिशत लगानी बैंक ऋणमा र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ । परियोजनाबाट उत्पादन हुने विद्युत लामो साँघुुमा रहेका सवस्टेशनमा जोडेर राष्ट्रिय प्रशारण लाइनमा जडान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL