Logo

विद्युत प्राधिकरण र सिद्धकाली पावर कम्पनीवीच पीपीए, त्रिशुली- गल्छी आयोजनाको विद्युत किन्ने

विद्युत प्राधिकरण र सिद्धकाली पावर कम्पनीवीच पीपीए, त्रिशुली- गल्छी आयोजनाको विद्युत किन्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ७५ मेगावाट विद्युत उत्पादन क्षमताको त्रिसुली (गल्छी जलविद्युत आयोजनाबाट उत्पादित विजुली खरिद गर्ने भएको छ । शुक्रवार विद्युत प्राधिकरण र आयोजना निर्माण गर्ने कम्पनी सिद्धकाली पावर लिमिटेडबीच बिद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरेको हो ।

यो आयोजनाको लागत कुल लागत १४ अर्ब ४० करोड ६० लाख रुपैयाा लाग्ने बताइएको छ । जसमा शेयरधनीहरुको लगानी ४ अर्ब ३२ करोड रुपैयाँ लगानी रहनेछ ।
जसमा लक्ष्मी बैंकको अगुवाईमा आयोजनाका निर्माणका लागी सहवित्तयीकरण मार्फत कर्जा लगानी हुनेछ ।

त्यस्तै आयोजनाको विस्तृत डिजाईनको काम डिजाईन ग्रुप प्रोजेक्ट कन्सल्ट्यान्टस, बैंगलोरले गरेको बताइएको छ ।

यो आयोजनाको निर्माण पश्चात काठमाण्डौ उपत्यकाको लोडसेडिङ हट्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL