Logo

सरकारले ल्यायो घरघरमा विजुली जनजनमा सेयर कार्यक्रम, जलविद्युतमा जनताको ४९ सेयर

सरकारले ल्यायो घरघरमा विजुली जनजनमा सेयर कार्यक्रम, जलविद्युतमा जनताको ४९ सेयर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकारले आर्थिक बर्ष २०७३/७४ मा घरघरमा विजुली जनजनमा सेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रम अन्तर्गत विभिन्न जलविद्युत आयोजनामा सरकारको न्यूनतम ५१ प्रतिशत र इच्छुक नेपाली नागरिक र गैरआवासीय नेपालीको अधिकतम ४९ प्रतिशत सेयर लगानी हुने प्रवन्ध गरिने छ ।

तमोर, तामाकोशी,दूधकोशी,ठोसे खिम्ती,नौमुरे शारदाबबई, नलसिं गाड,उत्तर गंगालगायत आयोजनालाई यस मोडलबाट निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरिने अर्थमन्त्री विष्णु पौडेलले बताए । त्यसलगतै स्रोत जुटाइने बताइएको छ ।

यी आयोजना निर्माण तथा सञ्चालनका लागि छुटै जलविद्युत कम्पनी स्थापना गरिने बजेट वक्ततव्यमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL